भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सर्मथनमा बिद्यार्थी फोरमद्वरा वीरगंजमा प्रर्दशन, प्रधानमन्त्री कोइराला र गृहमन्त्री गौतमको पुतला जलाइयो
Advertise Here Book Now
वीरगंज,मंसिर ५भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर जानकी मन्दिरमा पुजाआजा गर्ने तथा एतिहासिक बाह्बिगहा रङ्गभुमि मैदानमा नागरिक अभिनन्दन र सम्बोधन गर्ने कार्यक्रम भएतापनि हाल आएर नेपाल सरकारले भ्रमण शान्ति सुरक्षाको कारण देखाउदै स्थगित गरेको छ । सार्क सम्मेलनको पूर्वसंध्यामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर आउने र धनुषा वासी लगायत छेउछाउका जिल्लाका हजारौं जनताहरु उत्साहित बनेका थिए । मध्य तराईका जनतामा निरासा छाएको र त्यस भेगका जनतामा निकै निरासा र सरकार प्रति निकै आक्रोस व्यक्त गरेका छन् । आज मधेसको बिभिन्न जिल्लामा बिरोध प्रर्दशन भइरहेको छ । मधेसी बिद्यार्थी फोरम नेपाल पर्साले आज प्रधानमन्त्री शुशिल कोइराला र गृहमन्त्री बामदेव गौतमको पुतला वीरगंज घण्टाघरमा जलाउनुको साथै कोण सभा समेत सम्पन्न गरेको छ । बिद्यार्थी नेता जसवन्त यादवको नेतृत्वमा भएको बिरोध सभालाई मधेसी जनअधिकार फोहर नेपाल पर्सा का अध्यक्ष प्रदिप यादव, केन्द्रि सदस्य बिरेन्द्र यादव लगायतले सम्वोधन गरेका थिए । सम्बोधन गर्दै जिल्ला अध्यक्ष यादवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यक्रम पूर्व निर्धारित कार्यक्रम अनुसार गर्नुपर्ने सरकार संग मांग गरेका छन् । मधेशबाट मत र कर लिने तर, त्यसको विकासका लागि लगानी नगर्ने सरकारको विभेदकारी नीतिकै कारण मधेशी जनता झन् आक्रोशित हुँदै गएका छन् । राज्यको यस्तो विभेदकारी कारी नीतिको कारण मधेश र राज्यसत्ताबीच दूरी झन् बढ्न गएको छ । बिरोध सभामा फोरम नेपालका केन्द्रिय उपाध्यक्ष एवं सभासद लालबाबु राउत गद्दी,पूर्व मन्त्रि करिमा वेगम ,जिल्ला सचिव नागेन्द्र यादव, नेक महम्द,असलम आलम ,पूर्व सई नागेन्द्र यादव,बिद्यार्थी नेता अमोद यादव,सुनिता साह लगायत फोरम नेपालका नेता कार्यकर्ताहरुको उल्लेखिनय सहभागिता रहेको थियो ।



