भारतमा अन्तरजातीय विहे गर्ने जोडीको केटी पक्षद्वारा हत्या
Advertise Here Book Now

भारतको उत्तर प्रदेश राज्यको कुसचेर चौपला गाउँमा परिवारको सहमति बिना बिहे गर्ने एक जोडीको  घाँटी रेटेर हत्या भएको छ। फरक जातका सोनु र दानसिताले दुई महिना पहिले कोर्ट म्यारिज गरेको थिए। दानसिताको परिवारलाई बिहेलाई स्वीकार गरेका थिएनन। शुक्रबार बसेको गाउँ पञ्चायतले उनीहरु अलग अलग बस्नु पर्ने उर्दी जारी गरेको थियो। 
 
प्रहरीका अनुसार सँगै घर भएका केटीका माइतीले शनिबार बिहान सोनुको आँगनमै उनको घाटी रेटेर हत्या गरेका थिए। आवाज सुनेर बाहिर निस्केकी दानसिताले बचाउन खोज्दा उनलाई पनि मारिएको थियो। प्रहरीले घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्