यस्तो देखियो सार्क हस्तकला प्रदर्शनी तथा व्यापार मेला (फोटोफिचर)
Advertise Here Book Now

saarc hastakala (9)काठमाडौँ, मङ्सिर ४ – दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन(सार्क) हस्तकला प्रदर्शनी तथा बाह्रौं हस्तकला व्यापार मेला आजबाट प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।


सार्क क्षेत्रमा हस्तकला विकासको लागिसमेत उपयोगी हुने विश्वासका साथ १८औँ शिखर सम्मेलनको पूर्व सध्यामा पाँच दिने मेला आयोजना गरिएको नेपाल हस्तकला महासङ्घले जनाएको छ ।
saarc hastakala (3)
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष प्रदीपजङ्ग पाण्डेले हस्तकला क्षेत्र अत्यन्त फराकिलो भएकाले यस क्षेत्रको विकासमा सरकारले ध्यान दिनुपर्नेमा जोड दिए ।
हस्तकला ग्राम तयारमा राज्यको सहयोग हुनुपर्नेमा जोड दिँदै उहाँले निकासी कर्तालाई प्रोत्साहन गर्ने नीति लिएको अवस्थामा यस क्षेत्रलाई माथि उठाउन सकिने धारणा राखे ।

सार्क हस्तकला प्रदर्शनीअन्तर्गत ४० जना शिल्पीको सहभागिता रहेको छ । छवटा प्रदर्शनीमञ्चसमेत गरी २०९ वटा कक्षमार्फत सार्क क्षेत्रका हस्तकला व्यवसायीले भाग लिएका छन् । प्रदर्शनीमा सार्क सदस्य राष्ट्रका व्यापारीको सहभागिता रहेको छ ।
काष्ठकला र चाँदीका परम्परागत सजावटका वस्तुको हस्तकला प्रतियोगितामा नेपालका २१ जना कलाकारले भाग लिएका छन् । उनीहरूमध्ये उत्कृष्ट कलाकारलाई पुरस्कृत गरिने महासङ्घले जनाएको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०७०/७१ मा पाँच करोडभन्दा बढीको हस्तकलाका सामग्रीको निर्यात गर्ने व्यापारीलाई सम्मान गरिएको थियो ।
तस्विरः गोकर्ण लामिछाने
saarc hastakala (10)saarc hastakala (8)saarc hastakala (7)saarc hastakala (6)

Source:Ratopati

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्