कतै तपाइको एटिएम ह्याक भएको त छैन ?
Advertise Here Book Now
अन्तर्राष्ट्रिय एटीएम कार्ड ह्याकरको निशानामा नेपाल रहेको रहस्य खुलेको छ । प्रहरीले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने ‘मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन’ सहित टर्किस नागरिक मेहमत गुलेनलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो ।केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)ले एपेक्स डेभलपमेन्टलगायत बैंकबाट ‘शंकास्पद ब्याकिंङ ट्रान्जेक्सन’ भएको सूचना पाएपछि अनुसन्धानको दायरा फराकिलो पारेको थियो । प्रहरीले सीसीटीभी निगरानीका आधारमा गुलेनलाई बुधबार अपराह्न ठमेलस्थित कर्मचारी सञ्चय कोषअगाडि एपेक्स बैंक र स्ट्यान्र्डड चार्टड बैंकको एटीएम बुथबाट पैसा झिकी ट्याक्सी चढ्दै गरेको अवस्थामा पक्राउ गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।
गुलेनले एटीएम ह्याक गरी विभिन्न व्यक्तिको खाताबाट पैसा झिकेका थिए । सीआईबीका अनुसार गुलेनले विदेशी नागरिककै एटीएमको डाटा र पिनकोड चोरी गरी मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिनमार्फत स्विप कार्यमा एटीएमको डाटा ट्रान्सफर गरेर भिसा कार्ड, मास्टर कार्ड र डेबिड कार्ड बनाउने गरेका थिए ।
गुलेनले हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका एटीएम मेसिनबाट पैसा निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

