मोदीको जनकपुर भ्रमण रद्ध, सरकार नालायक सावित, ‘रअ’ सफल
Advertise Here Book Now

काठमाडौं ४ मंसिर । नेपाल सरकारको सबैभन्दा ठूलो कुटनीतिक असफलताका कारण भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द भएको छ । भारतीय दुतावासले विहीबार परराष्ट्र मन्त्रालयको भारत हेर्ने शाखाका सहसचिवलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जनकपुर जाने कार्यक्रम रद्द भएको जानकारी गराएको स्रोतले बताएको छ ।
मोदीको जनकपुर भ्रमण कसरी गर्ने , सभा गर्ने कि नगर्ने, अभिनन्दन हुने कि नहुने भन्ने बारेमा प्रधानमन्त्री शुशील कोइराला स्वयंले विवादास्पद अभिव्यक्ति दिएका थिए ।
मोदीको जनकपुर भ्रमण कसरी गर्ने , सभा गर्ने कि नगर्ने, अभिनन्दन हुने कि नहुने भन्ने बारेमा प्रधानमन्त्री शुशील कोइराला स्वयंले विवादास्पद अभिव्यक्ति दिएका थिए ।
स्थानीयको चाहना मोदीलाई जनकपुरमा नागरिक अभिनन्दन गर्ने भएपनि नागरिक अभिनन्दनको कार्यक्रम कुन स्थानमा गर्ने भन्नेमा सत्ता रुढ दल नै विभाजित थियो । एमाले पदाधिकारी बैठकले मोदीलाई सार्वजनिक रुपले भाषणगर्न दिन नहुने निर्णय गरेको थियो । प्रधानमनत्रकिो दलभित्र पनि मोदी समर्थक र विरोधीका रुपमा बांडिएका थिए । उता जनकपुरमा रहेको एमाओवादी सहितका मधेशवादी दलहरुले मोदीको चाहना अनुसार नै सार्वजनिक अभिनन्दन गर्ने तयारीमा थिए ।
यसैवीच भारतीय दूतावासले मोदीको जनकपुर भ्रमण रद्द गरेको सूचना नेपाल सरकारलाई दिएलगत्तै स्थानीय राजनीतिक दलहरुले सकारको चर्को आलोचना गरेका छन् ।
मोदी अभिनन्दनमा सक्रिय एमाओवादी नेता राम कुमार शर्माले चर्कोआक्रोश व्यक्त गरेका छन् । उनले भने मोदीलाई जनकपुर आउन नदिने षड्यन्त्रको विरोधमा जनकपुरका युवाले प्रधानमन्त्री सुशील कोइराला र मन्त्री विमलेन्द्र निधीको पुत्ला जलाउने कार्यक्रम तय गरेका छन् ।’
्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिल्यैदेखि जनकपुर आउन खोजेको भए पनि नेपाल सरकारले नदिएको शर्माले बताए ।
मोदीलाई नेपालमा विवादस्पद गराउने र यथास्थितिमा आफ्नो क्रियाकलाप सञ्चालन गर्ने रअको योजना अनुसार नै यी सबै क्रियाकलाप भएको एबीसी स्रोतको दावी छ । भारतीय दूतावासले मोदीको भ्रमण रद्द भएको सूचना परराष्ट्र मन्त्रालयलाई दिएको हो । मोदीको भ्रमण रद्ध गर्न वाध्य भएको बताएर भित्री च्यानल मार्फत रअले भारतीय प्रधानमन्त्री कार्यालयलाई नेपाल सरकार नालायक र अविश्वसनीय रहेको प्रष्ट सन्देश प्रवाह गर्न सफल भएको छ ।
झण्डै ५ अर्ब रुपैयौ जनकपुर एकीकृत विकास परियोजनाका नाममा हात पारेर रजाई गर्ने मनसुवा पालेका भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधी मोदीको जनकपुर भ्रमणबाट सबैभन्दा बढी मर्माहत भएका छन् । उनले एमाओवादी र मधेसवादी दलको गैर जिम्मेवारपूर्ण हरकतका कारण मोदीको जनकपुर भ्रमण रद्द भएको आरोप लगाएका छन् ।

मोदीेले जनकपुरका अतिरिक्त लुम्विनी र मुक्तिनाथको भ्रमण गर्ने प्रचार गरिएको छ । ती स्थानको भ्रमण पनि अनिश्चित भएको छ ।