‘पावर न्यूज’का पत्रकार प्रेम बानियाले रक्सीले मातेर एसपीको फुलीनै तानिदिएपछि ….(प्रेम बानियाको स्पस्टिकरण सहित)
Advertise Here Book Now

1899887_10202986899534043_170218448_nकाठमान्डौ ।
पहिले सिन्धुपाल्चोक बसिसकेका चितवनका एसपी सहकुल थापाले सम्झाउन खोजे, ‘भाइ तपाईं सार्वजनिक रुपमा परिचित, स्क्रिनमा देखिएको, सबैले चिनेको मान्छे । यसरी अति नै पिएर हो–हल्ला गर्दा राम्रो देखिन्न, सुहाउँदैन ।’
काठमाण्डुबाट एउटी नायिकासँगै भरतपुर गार्डेन रिसोर्टको उदघाटन डिनर खान चितवन पुगेका पावर न्यूजवाला पत्रकार प्रेम बानियाँले ‘म आईजीसँग बसेर रक्सी आने मान्छे । तँ को होस्, मलाई सम्झाउने । डिस्टर्व गर्ने ? कति खानुपर्छ भनेर सिकाउने ?’ उनले थापाको फुली समातेर तान्दै भने, ‘तेरो के हैसियत छ ?’
प्रमुख जिल्ला अधिकारी (सिडिओ) र एलडिओसँग बसेर डिनर खाइरहेका सहकुल निरीह देखिए । कसैले बोल्ने आँट गरेनन् । मंसिर १ गतेको साँझ त्यहाँ बानियाँको राज चल्यो ।
भरतपुरका ५० जना व्यापारी मिलेर १७ करोड लगानीमा त्यो रिसोर्टमा मात्र होइन प्रेमले हाइटी जाँदा क्याप्टेन बुद्ध थेबेलाई समेत यसरी नै रक्सीले मातेका बेला यौन दुव्र्यवहार गरेका थिए ।
उनलाई त्यसबेला पेस्तोल निकालेर गोली ठोक्नै लागिएको थियो । धन्न बाँचेर आए । पछिल्लो घटनाप्रति आपत्ति जनाउँदै उजुरी आएपछि पत्रकार महासंघ र प्रेस काउन्सिलले पत्रकार आचारसंहितामाथि पुनरावलोकन गर्ने भएको छ ।
जनआस्था साप्ताहिकबाट
यो सम्बन्धि समाचार आए संगै प्रेम बानिया ले स्पस्टीकरण दिएका छन् ….

प्रिय साथीहरु, यतिवेला मविरुद्ध जस्तो प्रकारले दुश्प्रचारको खेल चलिरहेको छ यसबाट म अत्यन्त दुःखी र मर्माहत छु । दुश्प्रचारमा उल्लेख भए अनुसार न म कुनै होटलको उद्घाटन कार्यक्रमका लागि गएको थिएँ, न कुनै पुलिस अफिसरको फुली खोस्ने दम्भ र दुस्साहस नै मसँग छ । अनि फुली खोस्दा पनि चुपोलागेर बस्ने एसपी नेपालमा को होला ? म त केवल ह्याविट्याट फर ह्युम्यानिटी नपालको सद्भावना दूत भएकाले चितवनका सुकुम्वासीहरुका लागि घर निर्माण अभियानमा गएको थिएँ, सहभागी भएँ र फर्किएँ । मलाइ अचम्म लागेको छ यो कस्तो नियोजित दुश्प्रचार गरिंदैछ र मान्छेलाई लखेट्न खोजिंदैछ !!!! चुनौतिका साथ भन्न चाहन्छु, दुश्प्रचारमा उल्लेख भएको कुनै पनि तथ्य प्रमाणित गर्ने मान्छे मेरो अगाडि आओस् । यो कस्तो अतिरञ्जित लखेट्याइ होला ???????

prem

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्