मिथिलाञ्चलको चर्चित सामा चकेवा र कार्तिक पूार्णमा
Advertise Here Book Now

मिथिलाञ्चलको चर्चित सामा चकेवा र कार्तिक पूार्णमा

श्रीकान्त झा ,अर्चना झा  



ऑनलाइन सिरहा डटकम कातिक १८/ मिथिलाञ्चलका चर्चित सामा चकेवा यसवर्ष पनि विधि विधान पूवक मनाईदैछ । सामा चकेवा भाई र वहिनि  माथि आधारीत भएर आफनो आफनो घर घरमा रहेका दिदि वहिनि र महिलाहरु द्धारा सामूहिक रुपमा विभिन्न किसिमका सामा चकेवाको मिथिलाञ्चलका चर्चित लोक गित गाउने गर्दछन् । सामा चकेवाको मूर्तीहरुमा रहेका चुगला भनिने माथि विभिन्न किसिमका व्यंग गर्दै हर्षोलासका साथ 

यो पर्व मनाईन्छ । जसमा आफनो ससुराली पूगेका दिदिवहिनिहरु कार्तिक महिना सुरु हुन साथ सामा  चकेवा खेलनको लागी आफनो आफनो माईती जाने गरेको परम्परा चलिआएको छ । धान, धान धान छई भईया कोठी धान छई , चुगला कोठी धान छै । पान , पान , पानछई , भईया मुहमे पान छई , चुगला मुहमे कोईला । चाउर, चाउर , चाउर छई ,भईया कोठी चाउर छई  , चुगला कोठी छाउर छई । 
अचेल साझाँ हुने बितिकै मिथिलाञ्चलका ग्रामीन क्षेत्रका घरघरमा मैथली भाषाको यस्तो गीत सुरीलो भाकामा सुन्न पाईन्छ । मिथिलाञ्चलमा अत्यन्त लोकप्रीय यो गीतले भाई बहिनीको अमरप्रेमको प्रतीक मानिने साम चकेवा पर्वको महिमा बयान गरेको छ । छठ र्पवको खरना देखि कार्तिक पूणीमासम्म मनाईने सामा मनाईने सामा चकेवा पर्वले मिथिलाञ्चल भरी नै अलगै उल्लास 
भएको छ । दिउसो माटोबाट तयार पारिएका मूतीहरु  वसले वनाएको डलामा राखेर , दिप बालेर  घरवाट बाहिर अन्य साथिहरुसँग मिलेर गीत गाउँदै सामा खेल्ने पम्परा रहेको छ । परम्परागत विश्वासको आधारमा सामा चकेवालाई शीत र दूवो खूवाउने चलन रहेको छ । मिथिलानी महिला र यूवतीहरु डाला लिएर एक ठाउमा राखी आफू चारै तिर गोलो पारी बने र्गदछन् । पूणीमाका  दिन दिदी बहिनीहरु ऋाफना दाई वा  भाईलाई निमन्त्रण र्गछन् । दाई वा भाईले जोतेको खेतमा विर्सजन गरिन्छ । सोही क्रम्मा दिदी वहिनीले दाई र भाईलाई च्यूरा , दही , सख्खर खुवाउने गरीन्छ । भने दाईले दिदि वहीनीलाई फाँरभरी दिने र्गदछन् । सामा चकेवा  र्पव सुरु भए पछि यहाँका चेलीवेटीले समुदाईमा रहेका फटहा र कुरौटे प्रवृतीका मानिसको प्रतीक चुगला र कुचोको कसाल बनाई गाँउ टोल घुमाउदै सार्वजनिक स्थलमा लग्ने र्गछन् र उक्त स्थानमा पुगेर दिदी वहिनीहरु ऋाफनो दाजु भाईको दीघायूको कामना गर्दै चुगलाको  जुङ्गामा आगो लगाएर रमाउने र्गदछन् ।  सामा चकेवाका एक झलक भलकाउदा  खेलमा हुनत यसलाई  लोकपर्वको रुपमा यस्लाई सम्बोधन गरिन्छ , तर यसको  सम्बन्ध पद्मपुरण्ाँको  कथासाँग रहेको विभिन्न सास्त्रहरुमा उल्लेखित रहेका छन् । त्यसमा र्वणान गरीएको छ कि भगवान श्री कृष्णाको जाम्वती नामको स्त्री  एक छोरी र  एक छोरा रहेको थियो । छोराको नाम थियो  साम्ब र छोरीको नाम थियो  सामा । सामा को विवाह चारुवक्त्रसँँग भएको थियो जो  जनकण्ठमा चकबा नामले  विराजमान रहेको थियो । सामालाई वृन्दावनसाँग अत्यधिक स्नेह रहेको थियो । त्यसले  नित्य वृन्दावन जान्थीन र त्यही स्थानमा  सप्तषि हरुको  दर्शन र्गथिन र  कथा–पुराणँहरु सुनेर घुमेर आउथिन । त्यहि कुरा चूड़क (चुगिला) भनिनेले नोन–मिर्चाइ लगाएर श्रीकृणालाई गएर भने कि  सामा चोरेर वृन्दावन जाने गरेको हो । चूड़को यो कुराले श्रीकष्ण क्रोधित भएका थिए । उहाँले सामालाई सराप दिनुभयो कि तिमी चोरी छुपी गरेर  वृन्दावन जानर्छै भने जाउ पानी  बनेर जाउ र वृन्दानवनमा वास करव भन्दै यो सराप  सामा पानी भए । श्रीकृष्ण्को यो सरापले सामाको पती चारुवाक्त्र अत्यन्त दुखी भए । स्कन्द पुराणमा समेत वर्णित सामा चकेवा पर्व कार्तिक शुक्ल पूर्णमाका दिन विधिवत रुपमा समापन गरिन्छ । सामा समापन हुने दिन वा कार्तिक शुक्ल पूर्णमाका दिन सिरहा धनुषको विचमा रहेको कमला नदिको चिकना , मरेवा , वन्दिपुर , सारस्वर , उतरवाहीनी , र्पताहा , वरमझीया , लगायतका कमला किनारमा सामा चकेवाको रौनक रमनिय रहेको  हुन्छ । पूणीमाका दिन भन्दा मानिसहरु एक दिन पहिला रातिमै गएर विभिन्न किसिमका नाच गान र विश्श गरी सामा चकेवाको खेल र रौमनिय दृश्य र्हेनको लागी  जने गरेको देखिन्छ । त्यस्तै कार्तिक पूाणर््माका दिान भक्त जनद्धारा देविदेवता सवार र देवता खेल्दै आउनेगरेको  धामिक अन्ध विसवासको रुपमा अत्याधिक फैलिने गरेको देखिन सकिन्छ । धामी झाक्रीलाई समाजमा अन्ध विश्वासको रुपमा लिदा पनि यस्त कार्याहरु फरुटाउदै जादा पनि समन्धित निकायहरु  मैन भएर वसेका हुन्छ ् । तर त्यहि धामी झाक्री अन्य दिन गाउँघरमा देविदउता खेलाउदा अन्धविश्वासको रुपमा लिने गरेको छ भने कुरा प्रती प्रश्न चिन्ह उठिने गरेको हो । हुनत यो  दृश्यि रौनक र रोमानिय  देखिनमा लागने र्गदछन् । कार्तिक र्पूाणमाका दिन यस्ता धामिझाक्रीहरु कईयौ र्वादेखि देविदेवता खेलिने चलन रहेको छ । स्थानियहरु भन्छन् घरमा रहेको देवि देउताहरुलाई कमलामा लिएर राखिदिने र्गदछन् भने कोहीले आफनो देउता  स्थापना र्गन कमलामा गएर नुहाएर पवित्र हुने गरेको धामिक परम्परा रहेको छ । त्यस्तै आफनो घर परिवार र आफ सुखी जिवन विताउने उदेश्यका साथ वच्चपन्न देखी पच्चवन सम्मका व्यक्तिहरु कमला नुहाउन आउने गरेका हुन्छ । भने नव यूवाहरु रमाउने उदेश्यहरुले जाने गरेको  कार्तिक  पूाणर््मा रोमनिय रहेको हुन्छ । त्यस्तै जनकपुरधामका गाँगा सागर , धनुष सागर र जानकी मन्दिर लगायतका स्थानहरुमा  कार्तिक र्पूाणमाका दिन भिडका साथ रामनिय रहेको हुन्छ । यस्ता यस्ता मिथिलाञ्चलका चर्चित र्पवहरु लेप भई रहेको छ र यसलाई सवै जनमीली यस्लाई अगाडी वडाउनु र्पने विज्ञहरुको भनाई रहेको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्