सार्कमा भाग लिन श्रीलंकाली राष्ट्रपति राजपाक्षे पहिले ओर्लिने
Advertise Here Book Now
बंगलादेशकी प्रधानमन्त्री हसिना अन्तिममा
ऑनलाइन सिरहा डटकम ८ मंसिर (ओएनएस) १८ औ सार्क सम्मेलनका लागि सार्क राष्ट्रका प्रतिनिधीहरु आउने क्रम सुरू भएको छ । आज सार्क राष्ट्रका विदेशमन्त्रीहरू आउने कार्यक्रम रहेको छ भने मंगलबार सार्क राष्ट्रका सरकार प्रमुख तथा राष्ट्राध्यक्ष आउने कार्यक्रम रहेको छ ।
यसक्रममा नेपालमा सबैभन्दा पहिले
श्रीलंकाका राष्ट्रपति महिन्दा राजपाक्षे आउने छन् । उनी मंगलबार बिहान
साढे ९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको परराष्ट्र
मन्त्रालयले जनाएको छ ।
राजपाक्षेपछी अफगानिस्तानका राष्ट्रपति
असरफ घानीको टोली आउनेछ । घानीको टोली १० बजेर ४५ मिनेटमा त्रिभुवन
विमानस्थलमा उत्रनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भुटानका प्रधानमन्त्री
छिरिङ तोब्गे ११ बजेर ४५ मिनेट जाँदा आइपुग्ने छन् । यस्तै, माल्दिभ्सका
राष्ट्रपति यामिन अब्दुल गैयुम १२ बजेर ५ मिनेट जाँदा आइपुग्ने कार्यक्रम
रहेको छ ।
यसपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी
त्रिभुवन विमानस्थलमा उत्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । मोदी
दिउँसो ३ बजेदेखी साढे ३ बजेसम्म अवतरण गर्ने कार्यक्रम रहेको छ । यस्तै,
पाकिस्तानका प्रधानमन्त्री नवाज सरिफ लगभग भारतीय प्रधानमन्त्रीसँगै
त्रिभुवन विमानस्थल अवतरण गर्ने कार्यक्रम रहेको बताइएको छ । पाकिस्तानका
प्रधानमन्त्री सरिफ ३ बजेर ३५ मिनेटमा आइपुग्ने छन् ।
सार्क सम्मेलनमा भाग लिन सबैभन्दा ढिलो
नेपाल झर्नेछिन्, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना बादे । उनी सवा ४ बजे
काठमाडौ आइपुग्ने कार्यक्रम छ । यी सबै पाहुनाहरुलाई सोल्टी होटेलमा
राखिने छ ।


