सार्वजनिक यातायत कम चल्दा यात्रु समस्यामा
Advertise Here Book Now

सुचना बिनाको रिर्हसलले सर्वसाधारणलाई हैरानी
ऑनलाइन सिरहा डटकम ८ मंसिर (ओएनएस) : मिदास टेक्नोलोजी प्रालीमा कार्यरत सविन दुवाडीलाई सोमबार अफिस जाने क्रममा सुरक्षाकर्मीले टेकुमा करिव २० मिनेट रोके ।
सार्क सम्मेलनमा आउने पाहुनाको स्वागतका लागि प्रहरीले रिहल्सन गरेपछि उनी रोकिएका हुन् । ‘सडकमै रिहल्सन गरेपनि ‘पिक’ आवरको त ख्याल गर्नु नी’ उनले ओएनएससँग गुनासो गरे । रिहल्सनले गर्दा उनी समयमै अफिस पुग्न सकेनन् । ‘सरकार सर्वसाधारणलाई रियल्सनको पूर्वजानकारी दिन पनि जरुरी ठान्दैन’ उनी भन्छन् ।
त्यस्तै सामाखुसीको नवजीवन कलेजका शिक्षक मिलन
कोइराला पनि पुरानो बसपार्कमा करिव १५ मिनेट रोकिए । सुरक्षाकर्मीले रिहल्सन मा बाधा हुन्छ भन्दै पैदल हिड्नेलाई पनि रोकेको थियो । ‘बबरमहल जानुपर्ने थियो, सडकबाट हिड्न नदिएपछि बागबजार हुँदै भित्रको बाटो गए’ उनले भने ।
दुवाडी र कोइरालामात्र होइन प्रहरीले सडकमै सुरक्षा तयारीको पूर्वअभ्यास गर्दा उनीजस्ता सयौं सर्वसाधारणलाई हिड्न दिइएन । सुरक्षाकर्मीले हिड्न नदिएपछि सर्वसाधारण सडक पेटीमा लाइन लागेर बसेको थिए । रिहल्सनले गर्दा सर्वसाधारण समयमै गन्तब्यमा पुग्न नसक्दा हैरान भए ।
त्यस्तै सडक नजिकका घरका झ्यालहरुसमेत खोल्न दिइएको थिएन । विशिष्ट पाहुनाको स्वागतको पूर्वअभ्यासका लागि सुरक्षा निकायले विहान ६ बजेदेखि त्रिभुवन विमानस्थलबाट सोल्टी होटलसम्मको मुख्य सडक नियन्त्रणमा लिएका थिए ।
सुरक्षा निकायले तिनकुने बानेश्वर, बबरमहल, थापाथली,त्रिपुरेश्वर तथा कालिमाटीका सडकमा रिहल्सन गरेका थिए ।
त्यस्तै सोमबारदेखि नै जोर विजोर प्रणाली लागु गरेकोले सार्वजनिक सवारीको समेत समस्या भएको थियो ।
त्यस्तै सोमबारदेखि नै जोर विजोर प्रणाली लागु गरेकोले सार्वजनिक सवारीको समेत समस्या भएको थियो ।
त्रिपुरेश्वरबाट किर्तीपुर जाने बस कुरीरहेका खेमराज खनाल पनि समयमै गाडी नआएकामा छपटाइ रहेका देखिन्थे । सरकारले सार्कका नाममा जनतालाई सास्ती दिइएको निराश हुँदै उनले भने ‘जोरविजोर प्राणालीको भन्दा अर्को उपाय अपनाउनुपथ्र्यो ’ ।
सोमबार जोर नम्बरका मात्र गाडी चलेकोले
सार्वजनीक यातायत कम चल्नुका साथै भिडभिड भएको थियो । कतिपय गाडीहरुले
विद्यार्थी परिचयपत्रको छुट दिएका थिएनन् । सार्कमा सरकारी कार्यालय तथा
स्कुल कलेज बन्द गर्न नहुने चितवनका चिरन्जीवी अधिकारी बताउँछन् ।
अन्तर्राष्ट्रिय सम्मेलन त गर्नुपर्छ तर
त्यसको पूर्वतयारी नभए जनताले नै दुख पाउछन् भन्ने सरकारले बुझ्न नसकेको
उनी बताउछन् । ‘सम्मेलन हुने तय भएपछि समयमै त्यसको तयारी गर्नुपर्छ नी ’
उनले भने ।

