गाउँलेले चन्दा उठाएर बनाएको वृद्धाश्रम तोडफोड
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम/गोरखाबजार, २८ कात्तिक । गोरखाको तान्द्राङस्थित अमिलीचौरमा निर्माण भएको वृद्धाश्रम अज्ञात समूहले तोडफोड गरेका छन् ।

स्थानीय बासिन्दाले चन्दा उठाएर र महायज्ञ गरेर सङ्कलन भएको पैसाले निर्माण गरिएको वृद्धाश्रम बिहीबार राति अज्ञात समूहले तोडफोड गरेका हुन् ।
सञ्चालनको तयारीमा रहेको वृद्धाश्रमको मूलढोका तोडफोड गरेर उक्त समूहले कागजात च्यातेका छन् । लत्ताकपडा र महायज्ञमा प्रयोग हुने कलशहरु वृद्धाश्रमको बाहिर रहेको चौरमा फालेको अवस्थामा भेटिएको स्थानीय बासिन्दा कृष्णकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
साथै उक्त समूहले दुईवटा ग्यासको सिलिन्डर लगेका छन् । तोडफोडमा संलग्नहरुको  खोजी गरिरहेको इलाका प्रहरी कार्यालय आरुघाटका प्रहरी निरीक्षक रवीन्द्र खनालले जानकारी दिनुभयो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्