कांग्रेस एमालेको नियत प्रष्ट देखियोः प्रचण्ड
Advertise Here Book Now
काठमाडौं, मंसिर ७ – एमाओवादी अध्यक्ष प्रचण्डले कांग्रेस एमालेले संयुक्त रुपमा प्रस्ताव ल्याएर संविधान निर्माण नगर्ने स्पष्ट देखिएको आरोप लगाएका छन् । देशमा विकसित राजनीतिक परिस्थिति र संविधान निर्माणका सन्भर्दमा एमाओवादी नेतृत्वको मोर्चाले राजधानीमा आइतबार आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा बोल्दै प्रचण्डले सत्तारुढ दलहरुले संविधान निर्माण गर्न नचाहेको आरोप लगाएका हुन् । उनले भने, ‘प्रस्ताव पठाउँदैनौं भनेर हामीले भनेका हैनौं । हामीले अनुसूचिमा लगेर जाऔं भनेर भनेका हौं । तर वहाँले मान्नु भएन । प्रचण्डले सत्तारुढ दलले प्रस्तावकै रुपमा लैजानुपर्ने हठ राखेपछि समस्या खडा भएको हो ।’ प्रचण्डले भने, प्रस्तावकै रुपमा लैजाने हो भने हामीलाई कदापि मान्य हुने छैन । उनले कांग्रेस एमालेले २०४७ साल कै संविधान ल्याउन चाहेकाले त्यसको विरोध गरेको स्पष्ट पारे ।

