बसको ठक्करबाट बृद्धाको मृत्यू
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ७ बाराको बजनीमा बसको ठक्करबाट आइतवार अपरान्ह करिब साँढे एक बजेको समयमा एक जना बृद्धा महिलाको मृत्यू भएको छ ।बिरगंज पथलैया सड्क खण्ड अन्तरर्गत बिरगंजबाट आउँदै गरेको ना.३.ख.८००७ नं.को यात्रु बाहक बसले ठक्कर दिँदा पैदल यात्री बृद्धाको घटना स्थल मैं मृत्यू भएको हो ।मृत्यू हुँनेमा जिल्लाको गढीमाई नगरपालिका वडा नं.३ बजनी बस्ने ६९ बर्षिया बृद्धा देवकुमारी पौडेल रहेकी छन् ।बसका चालक हाल फरार रहेको र ठक्कर दिने बसलाइ इलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ ।ता मृतक बृद्धाको शवलाइ पोष्टमार्टमका लागि बिरगंज स्थित नारायणी उपक्षेत्रीय अस्पतालमा पठाइएको प्रहरी निरिक्षक कुमारबिक्रम साहले बताए । 
