मोदीको भ्रमणले मधेश र भारतबीचको सम्बन्ध अझ गाढा हुने
Advertise Here Book Now

motihariमधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सार्क सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर र लुम्बीनी भ्रमणले मधेश र भारतको सम्बन्धलाई नयाँ आयाममा पुर्याउने विश्वास व्यक्त गरेका छन् । भारतको मोतीहारीमा मिडिया फर बोर्डर हारमोनीले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले मोदीको जनकपुर र कपिलवस्तु भ्रमणले मधेश र भारतबीच रहेको धार्मिक, सांस्कृतिक र समाजिक सम्बन्धलाई नयाँ आयाममा पुर्याउने बताए ।
नेपाल र भारत सीमाले दुई देश भएपनि धार्मिक ,सांस्कृतिक र समाजीक रुपमा एक रहेको बताउँदै उनले छिमेकी मुलुकको विरोधमा हुने कुनैपनि गतिविधीलाई प्रशय नदिने नेपालको नीति रहेको बताए । यादवले भने भारतको बिरोधमा हामी नेपालमा एक इन्च भूमि पनि प्रयोग हुन दिँदैनौ र यही नेपालका सबै दलको नीति रहेको छु ।’
उनले सन १९५० को सन्धीलाई पुनरावलोकन गर्नुभन्दा आपसी हितको बारेमा नयाँ सन्धी नै उपयुक्त हुने बताए । पत्रकार सम्मेलनमा भारतीय जनता पार्टी लोक सभाका सभासद अजय निसादले नेपाल र भारतबीचको सम्बन्ध प्रगाढ रहेको बताउँदै हालै नेपाल सरकारले भारतीय सवारी साधनहरुको भन्सार शुल्क घटाएको निर्णयलाई स्वागत गर्दै गर्दै नेपाल सरकारलाई धन्यबाद समेत व्यक्त गरेका थिए ।
पत्रकार समेलनमा मधेसी जन अधिकार फोरमका पर्सा जिल्ला अध्यक्ष, राष्ट्रिय जनतादलका चम्पारणका नेता संजय यादव एवम् भारतको मोतिहारी र मुज्जफरपुर तथा नेपालबाट गएका पत्रकारहरुको उपस्थिति रहेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्