सबै मधेशवादी दलहरुको “संयुक्त मोर्चा” घोषणा हुँदै
Advertise Here Book Now

madheshi netaसंविधान सभामा प्रतिनिधित्व गरिरहेका मधेशवादी पार्टीले आज संयुक्त मोर्चाको घोषणा गर्दैछ। मधेशी जनअधिकार फोरम लोकतान्त्रिकको कार्यालयमा एक बजेपछि बस्ने बैठकले मोर्चा घोषणा गर्ने जनाइएको छ ।
विहिबार फोरम लोकतान्त्रिक, तराई मधेश लोकतान्त्रिक पार्टी, फोरम नेपाल, सद्भावना पार्टी, तराई मधेश सद्भावना पार्टी र राष्ट्रिय मधेश समाजवादी पार्टी, फोरम गणतांत्रिक र संघीय सदभावना पार्टीको संयुक्तमोर्चा घोषणा गर्दैछ । दलहरुबीच आन्तरिक सहमति भईसकेको र विहिबारको बैठकमा मोर्चा घोषणा गर्ने सम्भावना बढी रहेको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले मधेश खबरलाई जानकारी दिनुभयो ।
बैठकबाट मोर्चा घोषणा गर्दै संघर्षका कार्यक्रमहरु पनि घोषणा हुन सक्ने तमसपाका अध्यक्ष महेन्द्र राय यादवले बताउनु भयो । मधेशवादी दलहरु सरकारमा सहभागी हुने चर्चा चलिरहेको बेला आधिकारिक धारणा पनि आजको वैठकमा तय गरिने फोरम लोकतांत्रिकका सभासद रामजनम चौधरीले जानकारी दिनुभयो ।
मोर्चा घोषणा गर्ने विषयमा केही दिनदेखि मधेशवादी पार्टीबीच आन्तरिक छलफल भईरहेको थियो । उक्त मोर्चामा फोरम गणतान्त्रिक र संघीय सदभावना पार्टीलाई पनि समेटिने छ । फोरम गणतांत्रिकका अध्यक्ष राजकिशोर यादवले आफूलाई पनि मोर्चामा सहभागी हुन बिजय गच्छेदार र राजेन्द्र महतोले प्रस्ताव गरेको र आफ्नो पार्टी त्यसमा अत्यंत सकारात्मक रहेको बताए.  
आजको बैठकमा सविधान निर्माणमा साझा अवधारणा प्रस्तुत गर्ने सदभावनाका अध्यक्ष महतोले बताए ।
स्रोतका अनुसार मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष हालको अवस्थामा मोर्चा बनाउने पक्षमा देखिएको छैन । मोर्चा बनाउने वित्तिकै बार्गेनिगं गरेर सरकारमा जान थाल्छन् त्यसकारणले सत्ताका लागि मोर्चाको पक्षमा यादव नदेखिएको बताइन्छ ।
नेपाल भ्रमणमा आएका भारतीय केन्द्रीय मंत्री नितिन गडकरीसंग हिजो भएको भेंटपछि मधेशी दलहरु आज मोर्चाको घोषणा गर्दै छन. भाजपाका पूर्व अध्यक्षसमेत रहेका गडकरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वाधिक निकट नेता मानिंछन. बुधवार भारतीय दूतावासमा मधेशी नेताहरु संगको भेंटमा गडकरीले मधेशीदलहरु मिले मात्र उनीहरुको मांग संबोधन हुने बताएका थिए.

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्