गोली हानेर फरार रहेका आतंककारी गिरोह प्रहरीको नियन्त्रणमा
Advertise Here Book Now


श्रीकान्त झा, सिरहा  ऑनलाइन सिरहा डटकम मंसिर ८

विगत लामो समय देखी प्रहरीको सर्वाधिक खोजीको सुचिमा रहेका आतंककारी गिरोहलाई ईलाका प्रहरी कार्यलय मिर्चैयाले नियन्त्रणमा लिएको छ । सिरहाको मझौलीया गाविस ४ मा असार १२ गते भएको गोली काण्डमा संलग्न भएको आसंकामा सोही ठाउँका संजय यादव र देव नारायण यादवलाई सोमबार प्रहरीले नियन्त्रणमा लिएको हो । गत असार १२ गते सामान्य घरायसी विवादका कारण भएको गोली काण्डमा सोही ठाउँका चुल्लाही यादव र लक्ष्मेश्वार साह घाईते भएका थिए । जस मध्ये चुल्लाही यादवको हाल सम्म पनि उपचार भई रहेको छ । ६ जनाको हतियार धारी टोलीले चुल्लाही यादव र लक्ष्मेश्वार साह माथी आक्रमण गरेका थिए । प्रहरीको लामो प्रयास पछि सोमबार सिरहाको बताहा खोलाको किनारबाट उनिहरुलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यलय मिर्चैयाले बताएको छ । गोप्य सुचनाको आधारमा गएको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी आएको थाहा पाए पछि भाग्ने क्रममा प्रहरी पक्रीन सफल भएको हो । भने उत्त आतंककारी गिरोहका अन्य ४ जना फरार रहेको र उनिहरुको खोजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यलय मिर्चैयाका ईनिस्पेक्टर हरी खतिवडाले जानकारी दिए । पक्राउ गरिएका २ जनालाई नै आजै म्याद थापको लागी जिल्ला अदालत सिरहा पठाईएको ईनिस्पेक्टर खतिवडाको भनाई छ । भने पिडीतका
आफन्तले यथासिघ्र फरार अभियुक्तहरुलाई फक्राउ गरि कानुनी दायरामा ल्याउन प्रहरी समक्ष आग्रह गरेका छन ‘‘‘‘‘‘‘‘‘।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्