रमेश खरेलविरुद्ध डरलाग्दो खेल ?
Advertise Here Book Now
डीआईजी बढुवाका लागि एसएसपी रमेश खरेल एक नम्वरमा छन् । एक नम्वरमा खरेल बढुवा नभए भावी आईजीपी हुन सक्दैनन् । आइजीपी हुनबाट रोक्न अर्का एसएसपी राजेन्द्रमान श्रेष्ठ भारतीय दुतावास देखि प्रधानमन्त्री कार्यालयसम्म धाइरहेका छन् ।

ऑनलाइन सिरहा डटकम मंसिर ८ । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेललाई आईजीपी हुन नदिने खेल सुरु भएको छ । बढुवामा पछि परेर उनको करिअर चौपट बनाउने दाउमा उनकै ब्याचका प्रहरी अधिकारीहरु लागेका छन् । नेपाल प्रहरीमा यतीबेला डिआईजीको चार पद रिक्त छन् । ती पदमा बढुवाका लागि उनका ब्याचका केही प्रहरी अधिकारीहरु लागिपरेका छन् । सो ब्याचमा खरेल पहिलो नम्बरमा छन् । तर उनलाई उछिनेर अहिले बढुवा हुन सके पछि आईजीपी हुनसक्ने भन्दै केही प्रहरी अधिकारीहरु लागेका हुन् ।
खासगरी एसएसपी राजेन्द्रमान श्रेष्ठ यस्तो खेलमा लागेका हुन् । भारतको नया“दिल्लीस्थित नेपाली दुतावासमा कार्यरत एसएसपी राजेन्द्रमान श्रेष्ठले दुतावासमार्फत बढुवाको भनसुन गराइरहेका छन् ।
नेपाल प्रहरीमा हाल डिआईजीका चार पद रिक्त छन् । जसमा एसएसपी श्रेष्ठको ब्याच भन्दा अघिल्लो टोली बढुवा हुनै बाकी छ । एसएसपीहरु हेमन्त पाल, रण बहादुर चन्द, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा लगायतका एसएसपीहरु श्रेष्ठको ब्याचभन्दा सिनियर हुन् । तर उनीहरुलाई पछि पार्दै आफु डिआईजी हुने दाउमा राजेन्द्रमान लागेका हुन् ।
राजेन्द्रमानले भारतीय दुतावासको मात्र सोर्सफोर्स लगाएका छैनन प्रधानमन्त्री सुशील कोइरालाको समेत भिटो पावर प्रयोग गराउने खेलमा छन् । एसएसपी श्रेष्ठका बुबा र प्रधानमन्त्री कोइराला साथी हुन् । एसएसपी श्रेष्ठका बुबा नेपालगंजमा कांग्रेसका नेता हुन् । त्यसकारण त्यही पावर प्रयोग गरी उनी यतीबेला डिआईजी हुने दाउमा लागेका छन् ।
जबकी उनको ब्याचमा उनीभन्दा धेरै अब्बल रमेश खरेल, सर्वेन्द्र खनाल जस्ता प्रहरी अधिकारी छन् । अहिले नै खरेल र खनाललाई पछि पार्न सके आफु नवराज सिलवालको ब्याचबाट पक्का आईजीपी हुने भन्दै यस्तो खेलमा लागेका हुन् । प्रहरी प्रधान कार्यालयले सार्क सम्मेलन अगाडि नै बढुवाको तयारी गरेपनि उनै एसएसपी श्रेष्ठको चलखेलका कारण सार्क सम्मेलनपछि मात्र बढुवा प्रक्रिया अघि बढ्ने भएको छ ।