२० हजारको हाराहरीमा द्धन्द्ध पिडित बालबालिका रहेको एक तथ्याङक
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
सशस्त्र द्धन्दबाट प्रभावित बालबालिकाको पुनःस्थापना एवं पुनःएकीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना तत्काल प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा विभिन्न निकायले जोड दिएका छन् ।
सशस्त्र द्धन्दबाट प्रभावित बालबालिकाको पुनःस्थापना एवं पुनःएकीकरण सम्बन्धी राष्ट्रिय कार्ययोजना तत्काल प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा विभिन्न निकायले जोड दिएका छन् । 

बालबालिकाको क्षेत्रमा काम गर्दै आएका विभिन्न संस्थाले सरकारले २०६७ साल पुष १४ गते जारी गरेको राष्ट्रिय कार्ययोजना तत्काल प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका हुन् । उनीहरुले कार्य योजनाको कार्यान्वयन सँगै द्धन्दप्रभावित बालवालिकाका १० समस्याबारेमा सरकारलाई अवगत गराउँदै समाधान गर्न आग्रह पनि गरेका छन् । 

उनीहरुले सरोकारवाला मन्त्रालय र निकायहरु बालमैत्रि हुन नसकेको, द्धन्द प्रभावित बालबालिकाको तथ्याङक यकिन हुन नसकेकोले त्यसको लागि कार्यक्रम चलाउनु पर्ने, राजनीतिक र गैर राजनीतिक समूहबाट हुने बालवालिकाको दुरुपयोग रोक्न कार्यक्रम ल्याउनु पर्ने, पुनःस्थापना र पुर्नमिलन गराउनु पर्ने माग सहितको ध्यानआर्कषणा गराएका छन । 

त्यसैगरी द्धन्द पीडित बालबालिकाको निःशुल्क उच्चशिक्षाको ब्यवस्था, सरकारले त्यस्ता बालवालिकाको अभिभावकत्व ग्रहण गर्नु पर्ने, सत्य निरुपण तथा मेलमिलाप आयोगलाई बाल मैत्रि बनाउनु पर्ने, उनीहरुको लागि सरकारी निकाय वा संयन्त्र निर्माण गर्नु पर्ने, उनीहरुको लागि बजेट विनियोजन गर्नु पर्ने र सरकारको कार्यक्रममा द्धन्द पीडित बालवालिकालाई उच्च प्राथमिकतामा राख्नु पर्ने सुझाव दिएका छन । 

कार्यक्रममा १९ हजार ९ सय ८० द्धन्द पीडित बालवालिका रहेका त्यस मध्ये ५० प्रतिसत परिवार सहित विस्थापित बनेको, २० प्रतिसतले बाबु वा आमा गुमाएको, १ हजार ६ सय ५७ ले अभिभावक गुमाएको, ६ सय ७१ अपाङ्ग भएको, त्यती नैले बाबु वा आमा गुमाएको, १ सय ४९ जना बेपत्ता भएको, ९६ बालवालिकाका आमाबाबु अपाङ्ग भएको, १४ प्रतिसत द्धन्द पीडित बालवालिकाको अवस्था अझै नखुलेको तथ्याङक प्रस्तुत गरिएको थियो । 

हिमराईट्सकी अध्यक्ष अन्जना शाक्यको सभापतित्वमा भएको कार्यक्रममा मानवअधिकार सञ्जाल तथा शान्तिकार्य समूह नेपालका कार्यक्रम निर्देशक प्रकाश अधिकारी, सामूदायिक विकास कार्यक्रम नेपालका कार्यक्रम प्रमुख मिलन श्रेष्ठ, सुन्दर नेपाल सस्थाका अध्यक्ष बुद्धिप्रसाद सापकोटा र टीपीओ नेपालकी कार्यक्रम संयोजक पार्वती श्रेष्ठले द्धन्द प्रभावित बालबालिका सम्बन्धी कार्ययोजना, बालअधिकार महासन्धी, ऐच्छिक आलेख लगायतमा भएको ब्यवस्था कार्यान्वयन गर्न माग गरेका थिए । 

१३ वटा द्धन्द प्रभावित क्षेत्रमा काम गर्ने संस्थाहरुले संयूक्त रुपमा तयार पारेको कार्यपत्र हिवजो शान्तितथापुनःनिर्माण मन्त्रालय, महिला बालवालिका  उपसमिति, राष्ट्रिय मानवअधिकार आयोग र महिला तथा बालवालिकामन्त्रीको ध्यानाआर्कषणसमेत गरिसकेको मानवअधिकार सञ्जालका राजेन्द्र श्रेष्ठले जानकारी दिए। 

कार्यक्रममा द्धन्द पीडित बालवालिकाहरु ताप्लेजुङकी निमादीकी शेर्पा, ईलामकी दिपा लिम्बु, सुर्खेतकी दुर्गा खड्का र पुनम भण्डारीले आफ्नो पीडा ब्यक्त गरेका थिए ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्