सार्क सम्मेलनमा प्रयोग हुने ३२ वटा गाडी आज काठमाडौं आइपुग्दै
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम
आउँने १० र ११ गते राजधानीमा हुन लागेको १८ औँ सार्क शिखर सम्मेलनमा प्रयोग हुने ३२ वटा सुविधायुक्त गाडी आज काठमाडौं आइपुग्दै छन् ।
डिसीनेपाल संवाददाता - आउँने १० र ११ गते राजधानीमा हुन लागेको १८ औँ सार्क शिखर सम्मेलनमा प्रयोग हुने ३२ वटा सुविधायुक्त गाडी आज काठमाडौं आइपुग्दै छन् । 

सम्मेलनमा सहभागी हुन आउँने राष्ट्र प्रमुख र विदेशमन्त्री हरुले प्रयोग गर्ने ३२ वटा सुविधायुक्त गाडी आज काठमाडौं आइपुग्न लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

अस्ति बिहान दिल्लीबाट कानपुर–गोरखपुर हुँदै नेपाल पठाइएका मर्सिडिज  र बीएमडब्लु कार आज बिहान भैरहवा भन्सार आइपुगेका ति गाडी अपरान्ह काठमाडौं आइपुग्ने भएको हो । ११ दिनसम्म प्रयोग गरि ति गाडीहरु फर्काइनेछ । 

सार्क सम्मेलनमामात्र प्रयोग गर्न ल्याइन लागेको ३२ वटा मर्सि्डिज/बीएमडब्लु भाडाशर्तमा र ६ वटा बुलेट–प्रुफ बिशेष गाडी पैंचोस्वरुप काठमाडौं ल्याउन लागिएको हो । यीमध्ये बुलेट–प्रुफ गाडी एयर–कार्गोबाट काठमाडौं ल्याइसकिएको छ ।

भारतीय विदेश मन्त्रालयको समन्वयमा निजी क्षेत्रबाट लगिन लागेका ३२ गाडीको ११ दिनको प्रयोगबापत १ करोड ३५ लाख भारतीय रुपैँया खर्च लाग्नेछ । यसबाहेक, नेपाली भूमीमा नेपाली चालकले यी गाडी कुदाउने प्रबन्धमा बिमा÷सुरक्षाबापत थप खर्च लाग्न सक्ने देखिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्