चाडबाड सकिएसंगै मजदुरी गर्न भारत जानेको लर्को ।
Advertise Here Book Now



राम नारायण पंडित,सिरहा,१६ कार्तिक ।

बढ्दो बेरोजगारी र अशिक्षाको कारणले नेपाली युवायुवतीहरु बिदेशिनेको  संख्यामा दिनानुदिन बृद्धि भईरहेको छ । खुल्ला
सिमाना रहेको कारणले छिमेकी मुलुक भारत जानेहरुको संख्यामा
तिब्र रुपमा बृद्धि भएको छ । दशैँ, तिहार तथा छठ मनाउँन घर
फर्किएका नेपालीहरुले चाडबाड सकिए लगतै छिमेकी मुलुक भारतका
विभिन्न सहरहरुमा जाने क्रम सुरु भएको छ । खुल्ला सिमाना र
आवश्यकता अनुसार घर आउन सकिने भएकाले दैनिक हजारौको
संख्यामा युबाहरु भारत जाने गरेको पाइन्छ । अनुमानीत तथ्याँक
अनुसार भारत जानेहरुमा सिरहा ,सप्तरी, मोरँग, सुरसरी, रौतहट, बारा, पर्सा, धनुषा, महोत्तरी र सिन्धुलीलगायतका जिल्ल्लाहरुबाट दैनिक हजारांैको सख्यामा मजदुरहरु भारत रोजगारीका शिशिलामा जाने गरेका छन । समान्यतयाः आर्थिक अवस्था कमजोर भएका युबाहरु दशैं, तिहार तथा छठ सम्पन्न गरि भारतका बिभिन्न स्थान पंजाब, चन्डीगढ, अहम्दाबाद, दिल्ली, कोलकत्ता, सिमला, गुजरात, मुम्बई लगायतका स्थानहरुमा मजदुरी गर्न जाने गरेको स्थानीयको भनाई छ । उनीहरु विभिन्न बाधा अबरोधको सामना गर्दै त्यहाँ मजदुरी गर्ने गरेको बताइएको छ । गाउँमा रोजगारी नपाएका कारण आफुहरुलाई सामान्य रोजगारीका लागी पनि विदेशीनु पर्ने अबस्था सिर्जना भएको मजदुरहरुले दुखेसो सुनाए । आफ्नो आर्थिक अवस्था कमजोर, खेतबारी पनि थोरै भएका कारण  परिवार चलाउनको लागी विदेशीनु परिरहेको मजदुरहरुको  भनाई छ ।राष्ट्रका आधार स्तम्भ भनिने युवा शक्तिहरु रोजगारीको लागी अन्य मुलुक गएकाले गाउ समाजहरुमा महिला, बालबालिका र बृद्धबृद्धा मात्रै रहेका छन । सिरहाको अर्नामा (प्र.पी.) गाविसमा समस्या  परेको बेलामा पुरुष मानिस पाउन अर्कौ गाँउमा जानु पर्ने स्थिती छ । स्थानीय रोशनी सदा भन्छिन गाँउका सबै युवा शक्ति बेरोजगारीका कारण मुलुक बाहिर गएकोले गाँउमा पुरुष मानिस पनि पाईदैन ।यो समस्या सिरहा मात्र नभइ देशका अन्य जिल्लामा पनि रहेको बताईको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्