मोदीको स्वागत गर्ने जिम्मेबारीबाट हटाइए मन्त्री निधी
Advertise Here Book Now

bimalendra-nidhiऑनलाइन सिरहा डटकम , ६ मंसिर सार्क सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री मोदीको भ्रमणको चर्चा निकै चुलिएको छ । प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्ने र नगर्ने अन्योलका समाचारले निकै चर्चा पाइरहँदा बिहिबार भारतीय प्रधानमन्त्री मोदीले जनकपुरको भ्रमण नगर्ने भन्दै विज्ञप्ति निकालेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री बिमलेन्द्र निधी आज शनिबार उनैको स्वागतको तयारीका लागि जनकपुर हिडेका छन् ।
भारतीय प्रधानमन्त्री मोदीको स्वागतको तयारी र स्वागत गर्ने जिम्मा पाएका उनलाई अब स्वागतको तयारीको मात्र जिम्मा दिइएको बुझिएकको छ । उनलाई मोदीको स्वागत गर्ने जिम्मेवारीबाट हटाईएको बताइएको छ । भारतीय प्रधानमन्त्री मोदीले जनकपुर भ्रमण गर्ने नगर्ने भन्ने विषयमा भएको अन्यिलका क्रममा निधीले विज्ञप्ती निकालेर मोदीले जनकपुरको भ्रमण नगर्ने बताएपछि प्रधानमन्त्री सुशील कोइराला उनीसँग रूष्ट भएको स्रोतले बताएको छ ।
उक्त तिक्तताका कारण सुशील कोइरालाले निधीलाई मोदीको स्वागत गर्ने जिम्मेबारीबाट हटाएर आफैले स्वागत गर्ने तयारी गरिरहेको बताइएको छ ।
मोदीलाई स्वागत गरिसकेपछि दुवै देशका प्रधानमन्त्रीले ब्राहबिघामा सम्बोधन गर्ने कार्यक्रम समेत तय भएको बताइएको छ । पहिले मन्दिर परिसरमा मात्र सम्बोधन गर्न दिइने भनिएपनि दुवै देशबीचको कुटनीतिक र राजनीतिक छलफलपछि उक्त निर्णय गरिएको बुझिएको छ । प्रधानमन्त्री मोदीले बाह्रबिघामा सम्बोधन गर्न नपाए जनकपुर भ्रमण नगर्ने भन्दै भारतीय पक्षले अनौपचारिक जानकारी पठाएको समेत बताइएको छ । उक्त सन्देशपछि मोदीको भ्रमण रद्द भएको जनाइएपनि पछि कुटनीतिक तथा राजनीतिक छलफल गरेर उक्त भ्रमण पूर्वनिर्धारित कार्यक्रम अनुसार गर्न लागिएको हो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्