सरकारले मोदीलाई जनकपुर र लुम्बिनीमा सार्वजनिक भाषण गर्ने अनुमति दिएन
Advertise Here Book Now

modiउपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले जनकपुर र लुम्विनीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट साइकल वितरणदेखि भाषण गराउने प्रस्ताव राखेको तर सरकारले त्यसलाई स्वीकार न गरेको बताएका छन्। तर मोदीजस्तो संसारभर चर्चा पाइरहेको चामत्कारिक व्यक्तित्वका नेताले ती स्थानमा नागरिक अभिनन्दन कार्यक्रमको अनुमति मात्र दिएको गौतमले बताएका छन्।
सार्क सम्मेलनको सुरक्षा तयारीबारे संसद्को राज्य व्यवस्था समितिका सदस्यको जिज्ञासामा जवाफ दिँदै गौतमले भने, ‘मोदीले अब जनकपुर र लुम्विनीमा भाषण गर्नहुन्न, साइकल र कापीकिताब पनि बाड्नुहुन्न। पहिला पहिला नगरपालिकाले गर्नेजस्तै नागरिक अभिनन्दन भने हुन्छ।’
मुक्तिनाथ सहित मोदीको तिर्थाटन क्रममा सुरक्षा चुनौतीबारे सदस्यहरुले जिज्ञासा राखेका थिए। ‘मोदीले जनकुपुर, लुम्विनी र मुक्तिनाथको तीर्थ गर्नु राष्ट्रिय मात्र हैन अन्तर्राष्ट्रिय गौरवको विषय हो,’ समितिमा गौतमले भने।
मुलुक धार्मिक रुपले निरपेक्ष भएपनि मोदीको जस्तो यात्राले सांस्कृतिक पर्यटनलाई उजागर गर्ने धारणा गौतमले व्यक्त गरे। ‘धर्म निरपेक्षता घोषणा गरेपनि नेपालमा विभिन्न धर्म मान्ने व्यक्तिको संख्या मनग्गे छ। भुटानदेखि अमेरिकासम्म चर्चा पाएका मोदी जनकपुर, लुम्विनी र मुक्तिनाथ दर्शन गर्न जाँदा ती स्थलको संसारभरि चर्चा हुन्छ।’
मोदीका अलावा श्रीलङ्कका राष्ट्रपति महिन्दा राजापक्षले पनि लुम्विनी भ्रमण गर्ने जानकारी गौतमले गराएका छन्। ‘सार्कका अरु विशिष्ट पाहुनाहरुको पनि यस्तो इच्छा भयो भने सरकारले आवश्यक प्रवन्ध गर्नेछ,’ उनले भने।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्