मोदीको जनकपुर भ्रमण रोके परिणाम भयावह हुने चेतावनी
Advertise Here Book Now
जनकपुरधाम, २८ कात्तिक । बृहत्तर जनकपुर विकास परिषद्का अध्यक्ष रामकुमार
शर्माले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रोके परिणाम
भयावह हुने बताएका छन् ।
अध्यक्ष शर्माले मोदी यसअघि नै जनकपुर भ्रमणमा आउन लागेकोमा रोकिएको
स्वीकार गर्दै यसपटक रोकिए बृहत्तर जनकपुरका स्थानीयबासिन्दा सत्तारूढ दलका
नेतालाई बाँकी नराख्ने जनाएका छन् । नेपाली कांग्रेसका नेताहरू नयाँ
दिल्लीसम्मै पुगेर मोदीको सडक भ्रमणलाई नानाथरी कुरा लगाएर बिथोल्ने प्रयास
गरिरहेको विषय आफूलाई पनि जानकारीमा आएको उनले जनाए ।
सरकार आफै मोदीको भ्रमणलाई बिथोल्न खोजेको आरोप लगाउँदै अध्यक्ष शर्माले
मोदीको भ्रमणमा आवश्यक पर्ने स्वागत समिति तथा अभिनन्दन समिति गठन समेत
नगरेको जनाए ।
स्वागत समिति र अभिनन्दन समिति गठन नगर्नुले पनि सरकार मोदीको जनकपुर भ्रमणप्रति उत्साहित नभएको प्रस्ट भएको उनको भनाइ थियो ।
अध्यक्ष शर्माले मोदीको भ्रमणबाट जनकपुर क्षेत्रका बासिन्दा उत्साहित
भएका छन् । यो उत्साहमा कुठाराघात गर्ने र गर्न खोज्नेलाई जनकपुरबासीले
नछाड्ने उनले बताए ।

