नेपाल र हङकङको टी–ट्वान्टी सिरिजमा बर्षा बाधक
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम , ४ मंसिर : टी–ट्वान्टी राष्ट्रको मान्यता पाएपछि पहिलो पटक आफ्नो टी–ट्वान्टी सिरिज खेल्न श्रीलंका पुगेको नेपाली टिमको लागि बर्षा बाधक बनेको छ । हङकङसग ३ टी–ट्वान्टी म्याच खेल्ने तय गरिएको भएपनि दुई वटा खेल स्थगित भैसकेको छ । यो साता श्रीलंकामा बर्षा जारी रहने संभावना रहेकोले तेस्रो म्याच पनि हुने–नहुने टुङ्गो छैन । श्रीलंकाको रंगीरी धाम्बुल्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पानी जमेपछि दुवै खेल स्थगित गरिएको हो । केहि दिन यता श्रीलंकामा भारि बर्षा भएपछि रंगीरी मैदान भिज्दा पीच तथा मैदानको अवस्था बिग्रिएको छ । २४ नोभेम्बरको लागि तय गरिएको एकदिवसीय खेल सारेर स्थगित भएका दुई ट्वान्टी–ट्वान्टी म्याच खेलाउन सकिने भेन्यू म्यानेजरले जनाएका छन् ।
