बाबुरामले कमल थापासंग सल्लाह लिए
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम ४ मंसिर । नयां संविधानका अन्तरवस्तुमा सहमतिको प्रयास भइरहेका बेला प्रधानमन्त्रीकै अगुवाईमा सम्वाद समितिमा हस्तक्षर अभियान चलाएपछि सम्वाद समिति सभापति तनावमा परेका छन् । सोमबारको बैठक अनिश्चित भएपछि भट्टराईले हरेक दिन कसै कसैसंग अब के गर्ने होला भनेर सल्लाह लिइरहेका छन् । आज भट्टराई राजावादी पार्टी राप्रपा नेपालका अध्यक्ष कमल थापासंग सल्लाह लिए । सिंहदरबारमा भएको छलफलमा कमल थापाले सहमतिमै अघि बढ्नु उपयुक्त हुने सल्लाह दिएको भट्टराईले ट्विट गरेका छन् । भट्टराई लेख्छन् ‘संविधान निर्माणवारे विद्यमान गतिरोध अन्त्य गर्न विभिन्न पक्षहरुसंग परामर्श गर्ने क्रममा राप्रपा नेपाल अध्यक्ष कमल थापा र सभासद् दिलनाथ गिरी, जनजागरण पार्टी अध्यक्ष सभासद् लोकमणि ढकाल, नेका सभासद्हरु चन्द्र भण्डारी, ज्ञानेन्द्रबहादुर कार्की लगायत संग कुराकानी । सहमतिबाटै अघि बढ्न सबैको जोड ।’
भट्टराईले मंगलबार र बुधबार कानुनविदहरुसंग सल्लाह लिएका थिए । सम्वाद समितिको हस्तक्षर प्रति प्रधानमन्त्री कोइरालाले आफुलाई उनकै उपसभापति रामचन्द्र पौडेलले फसाएको प्रतिक्रिया दिएका छन् ।
भट्टराईले मंगलबार र बुधबार कानुनविदहरुसंग सल्लाह लिएका थिए । सम्वाद समितिको हस्तक्षर प्रति प्रधानमन्त्री कोइरालाले आफुलाई उनकै उपसभापति रामचन्द्र पौडेलले फसाएको प्रतिक्रिया दिएका छन् ।