प्रियंका चोपडाको घरमा यौनधन्दा
Advertise Here Book Now

प्रियंका चोपडाको घरमा यौनधन्दा
ऑनलाइन सिरहा डटकम मंसिर ११ मुम्बई—बलिउडकी चर्चित अभिनेत्री प्रियंका चोपडाको स्वामित्व रहेको घरमा यौनधन्दा सञ्चालन हुने गरेको प्रहरीले बताएको छ। यौनधन्दा चलाएको आरोपमा मुम्बइस्थित उनको घर भाडामा लिएर सञ्चालन गरिएको भेरसोभा स्पामा प्रहरीले छापामारी म्यानेजर र ३ जना महिलालाई उद्धार गरेको हो। अँधेरीस्थित प्रियंकाको सो फ्लाट मनिक सोनीले भाडामा लिएर स्पा सञ्चालन गर्दै आएकी थिइन्। छापापछि सोनी फरार छिन्।
३ हजार स्क्वायर फिटको घर प्रियंका चोपडा र उनकी आमाको क्लिनिकनजिकै पर्छ। पक्राउ परेका महिलाहरुलाई पुनर्स्थापना केन्द्र पठाइएको छ। खबर सुनेर प्रियंका आश्चर्यमा परेको मुम्बइबाट प्रकाशित हुने मिड डेले उल्लेख गरेको छ। भाडा सम्झौता रद्द गर्ने तयारीमा उनी रहेको स्रोतले जनाएको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्