भारतीय प्रम मोदीले नेपाली सेनालाई हेलिकोप्टर हस्तान्तरण गर्ने
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , ९ मङ्सिर । भारत सरकारले नेपाली सेनालाई अत्याधुनिक हेलिकोप्टर प्रदान गर्ने भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज अपराह्न सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा उक्त हेलिकोप्टर नेपाली सेनालाई हस्तान्तरण गर्नेछ । दुई देशबीचको सहयोग आदानप्रदान गर्ने सन्दर्भमा भारत सरकारबाट नेपाली सेनालाई उक्त हेलिकोप्टर सहयोगस्वरुप उपलब्ध गराउन लागेको हो ।
कुल १४ सिट क्षमताको उक्त हेलिकोप्टरले मुलुकका पहाडी तथा हिमाली जिल्लामा समेत सहजै रूपमा उडान भर्न सक्ने नेपाली सेनाका प्रवक्ता जगदीशचन्द्र पोखरेलले जानकारी दिए । भारतीय सेना र नेपाली सेनाबीच लामो समयदेखि अत्यन्तै मित्रवत् सम्बन्ध रहँदै आएको छ । नेपाली सेनाका प्रधानसेनापति र भारतीय सेनाध्यक्षलाई एकअर्का मुलुकले मानार्थ महारथीको दर्जा प्रदान गर्ने विशिष्ट परम्परा रहँदै आएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्