श्रीमान श्रीमतिद्धारा आत्महत्या गर्ने प्रयास, श्रीमतिको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम मंसिर ०९ राम नारायण पंडित, सिरहा, ।सिरहामा श्रीमान र श्रीमतीले संगै आत्महत्या गर्ने प्रयास गरेका छन
। सिरहाको शोभापुरमा श्रीमान् र श्रीमती मिलेर संगसगै विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरेका छन । बिष सेवन गरेका श्रीमान श्रीमति मध्ये श्रीमान् बाँच्न सफल भएका छन् भने श्रीमतीको उपचारको क्रममा सोमबार राती लहान स्थित रामकुमार शारदा उमा प्रसाद स्मारक अस्पतालमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुँयाल जानकारी दिए । मृत्यु हुनेमा शोभापुर ५ बस्ने २५ वर्षीया चिन्तादेवी राम रहेकी छिन । उनका श्रीमान् हरेराम राम भने बाँच्न सफल भएका छन् । महिलाको संतान नभएको कारणले तनाबमा आएर दुवै जना आत्महत्या गर्ने प्रयास गरेको प्रहरीको भनाई रहेको छ । शवको पोष्टमार्टम पछि आफ्न्तको जिम्मा लगाईएको छ ।


