प्रहरीले ज्यादती गरेको भन्दै जनकपुर बजार अनिश्चितकालको लागि बन्द.....
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम कातिक २४ /
प्रहरीले ज्यादति गरेको भन्दै जनकपुरका व्यापारीहरु प्रहरीको
विरोधमा खनिएका छन् । भन्सार बुझाएर पनि भारतबाट ल्याएको मालसमान प्रहरीले
नियन्त्रणमा लिएको भन्दै उनीहरुले सोमबार बजार बन्द गराएका छन् ।
व्यवसायका लागि भारत आउने मालसमान पटक पटक प्रहरीले नियन्त्रणमा लिई व्यापारीहरुलाई दु:ख दिने काम गरेको आरोप लगाउँदै जनकपुर उधोग वाणिज्यसंघले सोमबारदेखि अनिश्चितकालिन बजार बन्दको आह्वान गरेको छ।

वाणिज्यसंघले गरेको बन्दको आह्वान पछि जनकपुरमा व्यापारिक करोबार पूर्ण
रुपले ठप्प भएको छ। यहाँको मुख्य बजार सहित गल्लीहरुमा रहेका पसल समेत बन्द
भएका छन् । भन्सार तिरेर ल्याएको मालसमान आइतबार प्रहरीले नियन्त्रणमा
लिएपछि वाणिज्यसंघ जनकपुरले अनिश्चितकालिन बजार बन्दको आह्वान गरेको छ ।
भिठ्ठामोड नाकाबाट आउँदै गरेको स्थानीय एक व्यापारीको २४ पोका कपडा प्रहरीले धनुषाको लादोबेलाबाट नियन्त्रणमा लिएको थियो । भन्सार तिरेर ल्याउँदै गरेको मालसमान प्रहरीले नियन्त्रणमा लिएको भन्दै व्यापारीहरुले आइतबार साँझ टायर बालेर प्रहरीको विरोधमा चर्को नाराबाजी समेत गरेका थिए ।
वाणिज्यससंघका महासचिव जितेन्द्रप्रसाद साहले स्थानीय प्रशासन जनकपुरको व्यापार धरापमा पार्न खोजेको उद्देश्यले अनाहकमा व्यापारीहरुलाई दु:ख दिन खोजेको आरोप लगाएका छन् । आफुहरुले अगाडी सारेको मागमाथि अविलम्ब सुनवाई नभए मंगलबारबाट आन्दोलनको थप सशसक्त कार्यक्रमहरु घोषणागर्न वाध्य हुने साहले चेतावनी दिएका छन् ।
उनीहरुले भन्सार तिरेर ल्याएको समान नियन्त्रणमा लिन नपाउने, राजश्व विभागले छापा हान्दा वाणिज्यसंघको प्रतिनिधीलाई समेत सहभागि गराइनुपर्ने, जटही भन्सारको अविलम्व व्यवस्था मिलाइनुपर्ने, ग्यासको सहज आपुर्ती गराइनुपर्ने लगायतका माग राख्दै जनकपुर उधोग वाणिज्यसंघले बन्दको आह्वान गरेको छ ।