बाइस दलको बैठकमा गच्छेदार कालोनिलो हुने गरी के भने प्रचण्डले ?
Advertise Here Book Now

INDIA-NEPAL-DIPLOMACYकाठमाडाैं, २४ कात्तिक ।
विभिन्न स्वार्थ पुरा गर्न प्रचण्ड नेतृत्वको मोर्चामा भेला भएका २२ दलका नेताहरूबीच एकले अर्कोलाइ कतिसम्म अविश्वास गर्छन भन्ने पछिल्लो बैठकमा खुलेको छ । पेरसडाँडामा बसेको बैठकमा प्रचण्डले मधेसवादी दलहरूको भरोसा नभएको संकेत गर्दै उपेन्द्र यादवकाे नाम लिएर विजय गच्छेदारलाइ घोचपेच गरे ।
‘यहाँ हामी एकजुट भएपछि उता षड्यन्त्र सुरू भइसकेछ, उपेन्द्रजीलाइ सरकारमा लैजनाने कुरा अाएको छ खास कुरा के हो ?’ अाफ्ना विश्वासपात्र उपेन्द्रसँगको सल्लाहमै प्रचण्डले गच्छेदारको नाम नलिइ उपेन्द्रको नाममा गच्छेदारको नाडी छाम्न खोजेको अन्य दलका नेताहरूले सहजै बुझिहाले । प्रचण्डको बोली भुँइमा खस्न नपाउँदै राजेन्द्र महतोले ‘अनि गच्छेदारजीलाइ चाहि सरकारमा नलाने रे ?’ भनेर प्रश्न गरेपछि गच्छेदार कालोनिलो भए ।
खासगरी गच्छेदारलाइ सरकारमा सहभागी गराउने कुरा बाहिर अाएपछि उनलाइ साम्नेमा राखेर २२ दलमा यस्तो चर्चा भएको थियो । गच्छेदार बैठकमा केही बोलेनन् । साँघु साप्ताहिकमा खबर छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्