संविधान नबनाईकन कुनै हालतमा सरकारमा जान्नौं : महतो
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , ७ मंसिर । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान नबनेसम्म मधेशकेन्द्रित दलहरु कुनै हालतमा सरकारमा नजाने बताएका छन् । उनले मधेशी दलहरु सरकारमा सरकारमा जाने अफवाह कांग्रेस–एमालेले फैलाएको आरोप लगाएका छन् । सहमति विनाको संविधान बनाइए संविधान जारी भएकै दिन जलाइने चेतवानी दिएका छन् । सार्क सम्मेलन सकिनासाथ २२ दलीय मोर्चाद्वारा गरिने आन्दोलनका लागि संगठनलाई सशक्त बनाउने भन्दै कार्यकर्ता भेटघाट गर्न भैरहवा पुगेका महतोले कांग्रेस र एमालेलाई ०४७ सालकै संविधान भए पुग्ने बताए । कांग्रेस एमाले संविधान बनाउने पक्षमा नरहेकाले अगामी माघ ८ गते संविधान जारी नहुने महतोले ठोकुवा गरे । कांग्रेस एमालेले परिवर्तनको एजेन्डालाई संस्थागत गर्न नमानेका कारण २२ दलीय मोर्चाले सार्क सम्मेलनपछि कडा आन्दोलन गर्ने महतोले चेतावनी दिए । गणतन्त्र र संघीयतालाई बाइपास गरेर हुने कुनै पनि सहमति आफूहरूलाई मान्य नहुने उनले बताए । सरकार परिवर्तन आफूहरूको एजेण्डा नभएको बताउँदै अहिले आफुहरूको ध्यान संविधान निर्माण गर्नेमा मात्रै केन्द्रित रहेको महतोले बताए । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्