सार्कको सकस : भोलिदेखि जोर–बिजोर लागू
Advertise Here Book Now

mechi kali road
ऑनलाइन सिरहा डटकम , ७ मंसिर । ट्राफिक प्रहरी महाशाखाले भोलीदेखि १२ गतेसम्म चार दिन सवारी साधनमा ‘जोर–बिजोर प्रणाली’को घोषणा गरेको छ ।
भोलिबाटै दुई र चार पांग्रे यातायातका साधनमा जोर–बिजोर प्रणाली लागु हुनेछ । मोटरसाइकल, स्कुटरसहित सबै चार पांग्रे गाडीहरुमा नम्बर प्लेटको अन्तिमको दुई अंकलाई आधार बनाइएको छ ।
राजधानीमा मंसिर ८, १० र १२ गते जोर नम्बरका यातायातका साधन चलाउन पाइने छ भने ९ र ११ गते बिजोर नम्बरका मात्र सवारी साधन चल्न पाइने छ । सार्क शिखर सम्मेलन अवधिभरका बौद्ध जोरपाटीबाट माइक्रो बस सानो गौचरण्ँसम्म मात्रै चल्नेछ । बूढानीलकण्ठबाट चल्ने माइक्रो वा बस  लैनचौचरसम्म मात्र चल्नेछ ।
थानकोटबाट कलंकीसम्म, दक्षिणकालीबाट बसे कितिर्पूरसम्म, भक्तपुरबाट जडिबुटीसम्म मात्रै बस तथा माइक्रो बस चल्ने छ । त्यस्तै भीभीआइपीहरुको उडान र अवतरण्ँको केही घण्टाअघि र पछिसम्म आन्तरिक उडानहरु बन्द गरिनेछन् ।
विमानस्थलबाट सोल्टी होटलसम्म पुग्ने मूल राजमार्ग लगभग चारै दिन बन्द हुनेछ । सिनामंगल, तीनकुने, बानेश्वर, बबरमहल, माइतीघर, थापाथली, त्रिपुरेश्वर, कालिमाटी र सोल्टी होटलसम्म पुग्ने बाटोतिर केहीबेरलाई खुले पनि अधिकांश समय पाहुनाहरुको ओहोर–दोहोरका कारण्ँ बन्द हुनेछ ।
यद्यपि अस्पताल, एम्बुलेन्स, दमकल र शव वाहनमा भने जोर बिजोर लागु हुनेछैन । पास लिएको सरकारी साधन, कुटनीतिक नियोग, प्रेस र पास लिएका अन्य मिडियाका साधन सुरक्षा पास लिएर चलाउन पाउनेछन् । सभागृहमा हुने सार्क शिखर सम्मेलनका बेला पुरानो बसपार्कमा सार्कका पाहुना र सहभागीहरुका सवारी साधन पार्किङ गरिने भएको पुरानो बसपार्क भोलिबाटै खाली हुनेछ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्