कति कुरा फेर्न सकेका मन्त्रीले ?: हिजो मोदी जनकपुर आउँदैन भन्नेले आज कुनै जानकारी भएन भन्छन्
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , मंसिर ५ – बिहिबार नरेन्द्र मोदीको जनकपुर लगायत लुम्बिनी र मुक्तिनाथ भ्रमण नगर्ने बताउने सरकारी मन्त्रीहरु शुक्रबार आफ्नो बोलीमा १८० डिग्री परिवर्तन गर्दै तामझामका साथ पुनः मोदी आउने र त्यसको तयारी पूरा भएको बताउन पछि परिरहेका छैनन् ।
विदेश मामिला हेर्ने जिम्मेवार पदमा रहेका परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डेले बिहिबारको आफ्नो अभिव्यक्ति सच्याउँदै शुक्रबार मात्र पत्रकार सम्मेलन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमण रद्द बारे आफूलाई कुनै जानकारी नभएको बताए। मोदीको अभिनन्दन मन्दिर परिसरमै गर्ने तयारी भएको उनले बताए।
बिहिबार एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डे स्वयंले प्रधानमन्त्री मोदीले शिखर सम्मेलनमा मात्र भाग लिने कुरा छ, त्योभन्दा अन्य कुनै गतिविधिमा अहिले सरिक नहुने कुरा भएको बताएका थिए । जसलाई राससले समेत प्रकाशित गरेको थियो ।
उनले भनेका थिए, ‘भ्रमण स्थगनको कुरालाई लिएर आआफ्नो ढङ्गले व्याख्या गरिए तापनि त्यो हाम्रो सुरक्षा व्यवस्थाको कारणले नभएर लामो समयदेखि भारतीय प्रधानमन्त्री मोदी मुलुक बाहिर रहेको र भारतका दुई प्रान्तमा अहिले निर्वाचन भइरहेको हुँदा त्यहाँ जानुपर्ने भएकाले उहाँ शिखर सम्मेलनमा मात्र सहभागी हुने भन्ने भर्खर सूचना प्राप्त भएको छ। ’

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्