लुम्बिनीमा मोदीको सुरक्षाका लागि १२०० सुरक्षाकर्मी परिचालित
Advertise Here Book Now

NAemyऑनलाइन सिरहा डटकम/लुम्बिनी/भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणका समयमा उहाँको सुरक्षाका लागि नेपाली सुरक्षाकर्मीसहित भारतीय सुरक्षाकर्मी खटाउने तयारी थालिएको छ ।
मोदी आउने चर्चासँगै लुम्बिनी अञ्चलका तीन जिल्ला रुपन्देही, कपिलवस्तु र नवलपरासीमा उच्च सर्तकता अपनाइएको उच्च सुरक्षा स्रोतले जनाएको छ ।
भारतीय प्रधानमन्त्री मोदीले लुम्बिनीको भ्रमण गर्ने कार्यतालिका बनेपछि रुपन्देही प्रशासनले सुरक्षा सर्तकता बढाएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले बताउनुभयो ।
मोदीको सुरक्षाका लागि सुरक्षा रणनीति बनाउने काम करिब करिब सकिएको छ, प्रजिअ पन्थीले भन्नुभयो, “सुरक्षामा कुनै कसर बाँकी राख्ने छैनाँै ।”
चारवटा घेरामा मोदीको सुरक्षा लुम्बिनीको मायादेवी अवलोकन गर्ने क्रममा नेपाली सेनाले गर्नेछ ।
मोदीको सुरक्षामा करिब २०० नेपाली सेना र ५००÷५०० सशस्त्र र जनपद प्रहरी तैनाथ रहने प्रहरी स्रोतको भनाइ छ । सुरक्षाको पहिलो घेरामा मोदीका सुरक्षाकर्मी रहने छन् भने दोस्रो घेरामा नेपाली सेना, तेस्रो घेरामा सशस्त्र प्रहरी र अन्तिम घेरामा नेपाल प्रहरी खटिने छन् ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्