जनजाति आन्दोलन मंसिर १ देखि सुरु हुँदै
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम/

कातिक २२/आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालले देशव्यापी रुपमा जनप्रदर्शन तथा विरोध सभाको तयारी गरेको छ । शुक्रबार बसेको आन्दोलनको केन्द्रीय कायालय बैठक कार्यक्रमको खाका तयार पारेको हो ।
मंसिर १ देखि २६ सम्म देशका विभिन्न स्थानमा जनप्रदर्शन तथा सभा गर्ने गरी आन्दोलनका कार्यक्रम तय गरेको हो । सो कार्यक्रमहरु पूर्वको झापादेखि सुदूरपश्चिमको धनगढीसम्म हुने कार्यालय सदस्य नरबहादुर गुरुङले बताउनुभयो ।

कार्यालयले तयार पारेको कार्यक्रमअनुसार काठमाडौंमा मंसिर १ गते मोटरसाइकल ¥याली गर्नेछ । त्यस्तै जनप्रदर्शन तथा जनसभाका कार्यक्रमहरु पनि कार्यालयले तयार पारेको छ ।
मंसिर ६ गते धनगढी, ९ गते बुटवल, १२ झापा, १३ गते धरान, १५ गते चितवन, १७ गते पोखरा र २६ गते काठमाडौंमा जनप्रदर्शन तथा सभा गर्ने कार्यक्रम तयार भएको छ । कार्यक्रमहरु सोमबार बस्ने केन्द्रीय संयोजन समिति बैठकले अन्तिम टुंगो लगाउने छ ।
त्यसैगरी, सोमबार बस्ने केन्द्रीय संयोजन समिति बैठकमा स्वयमसेवक दस्ताको तयारी र प्रचारप्रसार समिति गठनबारे समेत छलफल हुनेछ ।