पोखरीमा डुबेर महिलाको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम सर्लाही, मंसिर २ – सर्लाहीको चन्द्रनगर गाविसस्थित पोखरीमा डुबेर सोमबार एक महिलाको मृत्यु भएको छ । पोखरीको पानीभित्र घुँगी मार्ने क्रममा चन्द्रनगर गाविस–७ की फूलवा माझीको डुबेर मृत्यु भएको हो । दिउँसो पोखरीभित्र माझीको शव देखापरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
