नौ सय केजी सुपारी बरामद
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , १ मङ्सिर । प्रहरीले गएराति भारततर्फ पैठारी गर्न लगिरहेको अवस्थामा ९०० केजी सुपारी बरामद गरेको छ । तस्कर भने फरार भएका छन् । विशेष सुराकीका आधारमा फुलकहाकट्टी–५ बाट १५ वटा बोरामा प्याक गरिएको ९०० केजी सुपारी बरामद गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरीक्षक सन्तोष निरौलाले बताउनुभयो । उहााका अनुसार बरामद सुपारी अन्दाजी रु दुई लाख २५ हजार मूल्य बराबरको छ । “ठूलो परिमाणमा सुपारी भारततर्फ लैजाने तयारीमा छ भन्ने सूचनाका आधारमा प्रहरी टोली पुगेको थियो”–प्रहरी निरीक्षक निरौलाले भन्नुभयो–“तर टोलीलाई हेर्ने बित्तिकै तस्कर सुपारी छाडेर भाग्यो ।” सुपारी बरामद गरी कार्यालय प्रहरी कार्यालय ल्याएको र यस सम्बन्धमा थप अनुसन्धान भइरहेको इप्रकाले जनाएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्