महासय , ओली, देउवा र नेपालजीहरु किन त राजधानी छाडेर दिल्लीतिर ?
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम । नयां संविधानमा सहमति कायम गर्न अधिकतम पहलकदमी र लचतकता प्रदर्शन गर्नु पर्ने सत्तारुढ दलका प्रमुख नेताहरु भावी सत्ता समीकरणको षडयन्त्रका लागि दिल्ली पुगेका छन् । सबैभन्दा अनौठो के छ भने गत साता प्रचण्ड केही दिनका लागि रोल्पाको कार्यक्रममा जांदा आकाशै खसेजस्तो गर्ने सत्तारुढ दल किन प्रचण्डसंगको सम्वाद छाडेर बाहिर भौतारिइरहेका छन् ? सिधा यस्ता प्रश्नको जबाफ उपलव्ध नभएपनि एमालको माधव नेपाल र कांग्रेसका शे पतिछ रबहादुर देउवाको दिल्ली भ्रमण स्पष्ट छ । माघ ८ गतेपछि बन्ने समीकरणको नेतृत्व आफूहरुले पाउनु पर्ने देउवा र नेपालको तीव्रआकांक्ष छ । देउवाले त यसको भरपूर तयारी समेत गरिरहेका छन् । केही समय साइड लागेजस्तो गरेका माधव नेपाल पनि एमालेले सत्ताको नेतृत्व गर्ने अवसर आएमा ओली भन्दा आफू नै भारतका लागि प्यारो बन्ने आशामा छन् । केपी ओली जीवनमा एकपटक कुनै पनि हालतमा प्रधानमन्त्री बन्न चाहन्छन् । त्यसका लागि उनले जे पनि उनका तर्फबाट गर्न मिल्ने र गर्न सक्ने जे पनि गर्न उनी तयार छन् । भारतले नेपालमा आफ्नो जस्तै संसदीय व्यवस्था नै मन पराउने आशामा ओलीले चुनावी घोषणापत्रमा घोषणा गरेको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री सहितको शासनप्रणालीलाई चियाको कपबाट झिंगा मिल्काएझौ मिल्काइदिए । त्यसो गर्दा एमाले नामक दलका कसैले पनि चुइंक्क गरेन । केही प्रश्नकर्ताहरुलाई अोलीले जवाफ दिए प्रत्यक्ष निर्वाचित राष्टपति वा प्रधानमन्त्रीको व्यवस्था भएमा प्रचण्डले चुनाव जिते भने अर्को चालीस वर्ष सत्ता छाडड्दैनन अनि के गर्छाै ? के त्यसको तिम्रो घोषणापत्रले जिम्मा लिन्छ ? यस्तो उत्तरबाट हतप्रभ भएका एमालेका स्वघोषित असलजनहरुपनि झन बढी भयभीत बन्न पुगे । केपी ओलीलाई सूरु देखि नै नेपालमा भएको पछिल्लो परिवर्तनप्रति कुनै रुचि छैन । ०६२ को आन्दोलन चलिरहंदा उनले गोरु गाढा चढेर साथीहरु अमेरिका जाने सपना देख्छन् भन्दै खिस्ीि ट्युरी गर्दथे गणतन्त्रको कुरा गर्नेहरुलाई । त्यतिमात्र होइन माधव नेपालले खुला रुपमा दरबारमा दरखास्त होले, ओलीले भित्रभित्रै उतिबेलै प्रधानमन्त्री बन्न दरबारियाहरुरुसंग जी हजुरी गरिरहेका थिए ।
केपी ओली आदिवसाी जनजाति र मधेशीको कुनै कुरा सन्न पनि चाहंदैनन् । ओली प्रचण्डसंग मधेशवादी दलहरुसंग मोर्चावन्दीगरेपछि झन क्रुद्ध भएका छन् । पटक पटक र सार्वजनिक रुपले नै मधेशी संदेशीको कुनै अर्थ छैन भन्दै आएका छन् । जम्माजम्मी ओलीले विश्वभरि कम्युनिस्टहरुलाई बदनाम गर्न कम्युनिस्ट चाहिने कार्डमा उभिएर जोवन चलाइरहेका छन् । नयां संविधान बनाउन त्यसमा आदिवासी जनजाति वा मधेशी वा गरिववर्गको एजेण्डलाई संविधानमा पार्न उनलाई कुनै रुचि नै छैन । त्यही भएर जसरी हुन्छ समय कटाउने र माघ ८ मा पुग्ने । माघ ९ बाट कांग्रेससंग प्रधानमन्त्रीको माग गर्ने, त्यही गर्नका लागि जे गर्न पर्छ त्यसको तयारी गर्ने एकसुत्रीय अभियान छ केपी ओलीको ।
संसारभरि कम्युनिस्ट त्यसमा पनि माओवादीलाई बदनाम गर्ने अभियानका मतियार बनेका नेपालका सहरिया कथित केही झुण्ड र तिनको निर्देशनमा चलेका सञ्चार माध्यमहरुले यतिबेला मिडियालाई सत्ताधारीको दासका रुपमा परिणत गरेका छन् । देउवा र नेपाल दिल्ली जांदा वा ओलीले राजधानी छाडेर झापा जांदा नयां संविधानको ठेक्का लिएकाहरुलाई कुनै चिन्ता हुंदैन । बरु यिनीहरुको मुख रसाए होला । कांग्रेस र एमाले बाहेक अर्को कोही नदेख्ने र सत्ताको चाकडीमा प्रतिस्पर्धा गर्नेहरुले जनतालई सुसूचित गर्ने कुनै दायित्न ससम्झनु स्वाभाविक हो । देउवा र नेपालले दिल्लीका दूतहरुसंग आफूलाई उनीहरुको दास हुन अव्वल दर्जाको उम्मेदबार करार गरिरहंदा समय बर्वाद भएको कसैलाई महसुस हुंदैन । देउवा र नेपाल दिल्लीमा बरालिने र ओली झापातिर झुल्दा काठमाडौमा संविधानका विवादित विषयमा छलफल भइरहेको हुन्छ कि माओवादीले संविधान बन्न दिएन भन्ने समाचार बन्छ ?