पारस पुनः पक्राउ
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , २९ कात्तिक । पूर्वयुवराज पारस शाह थाइल्याण्डमा पुनः पक्राउ परेका छन् ।
पारसलाई थाई प्रहरीले बुधबार फेरि पक्राउ गरेको स्रोतले जनाएको छ । अदालतको तारेख गुजारेको आरोपमा उनी पक्राउ परेका हुन् ।
पारस पक्राउ परेको विषयमा दिल्ली भ्रमणमा रुहेका पूर्वराजा ज्ञानेन्द्र शाहसहित पारिवारिक सदस्यलाई बैंककमा रहेका पारसका नेपाली साथीहरुले जानकारी गराएका छन् ।
बैंककमा रहेका केही नेपालीले पारसलाई हिरासतमा भेटेका छन् । लागुऔषध गाँजासहित पक्राउ परेका पारस केही समयअघि मात्र २० धरौटी बुझाएर तारेखमा छुटेका थिए ।

