बस दुर्घटनामा ४० घाईते
Advertise Here Book Now
रंजन भण्डारीऑनलाइन सिरहा डटकम /महोत्तरी,कार्तिक २८ गते ।जलेश्रबाट मटिहानी जादै गरेको ना१ख ९४०४ नं.को मिश्रा ट्राभल्सको बस जलेश्वरको
भार्गवसर मन्दिर भन्दा करिव ३० मिटर अगाडि विपरित दिशाबाट आउदै गरेको टायरगाडालाई साईड दिएर बढ्न खोज्दा अनियन्त्रित भई सडक छेउमा रहेको खेतमा पल्टिदा ४० जना भन्दा बढी घाइते भएका छन ।
दुर्घटनामा सख्त घाइते भएकी भारतको सितामढी (चकफतिया)कि गायत्री देवीको ढाड भन्दा तलको भाग नचल्ने भएपछि थप उपचारको लागी जनकपुर अंचल अस्पताल रेफर गरिएको छ भने न्यु मोर्डन गुरुकुल इ.बो.स्कुलको कक्षा ६ मा अध्ययनरत पर्सा पतैलीका ११ वर्षिय छात्र रामानन्द शर्माको टाउकोमा गम्भिर चोट लागेको र प्रारम्भिक उपचारको क्रममा ७वटा टाका लगाइएको छ । त्यसतै जनकपुर वसहियाकि ५० वर्षिय सविला खातुन को देब्रे हात भाचेको छ भने भारतकि अरुला खातुनलाई टाउकोमा तिनवटा टाका लगाइएको छ । अन्य सामान्य घाइतेहरुमा पर्सा पतैली की अम्बिका शर्मा वर्ष ९ , वासुकी विहारीकी ४५ वर्षिया सहानी खातुन , सुगा ४ कि ६० वर्षिया फातमा खातुन,भारत सितामढी जगदरका ४० वर्षिय तमन्ने साह, जनकपुर ८ का २० वर्षिय किसन भगत,विहारीकि मदिना खातुन,भारत रामपुर मधुबनीकी नसिरा खातुन,तुल्सियाहीकी २५ वर्षिय मन्जु देवी मल्लिक , भारतकी नजिरा खातुन, पशुपतिया देवी, भुरनी देवी,सकिला खातुन,ककुन्ती देवी,असफाक,सुगा ४ की फरतमा खातुन,जलेश्वर ४ का सुजना भगत,मटिहानी १कि खैतुन निशा,जनकपुर १६ का ४६ वर्षिय सुरेश पुर्वे को जलेश्वर अस्पतालमा उपचार पछि घर फर्किसकेका छन भने अन्य घाइतेहरु घटनास्थलबाटै प्राथमिक उपचार पछि फर्केका छन ।बसको चालक र खलासी घटना पश्चात फरार भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।




