मकवानपुरमा फेरि सवारी दुर्घटना, ७ जनाको ज्यान गयो ,९ घाइते
Advertise Here Book Now


हेटौडा । शनिबार मकवानपुरमा भएको बस दुर्घटनाको खबर सेलाउन नपानउँदै त्यसको तीन दिनपछि पुनः अर्को सवारी दुर्घटना भएको छ । सर्लाहीबाट इँटा लोड गरी चितवनतर्फ जाँदै गरेको ना४ख १२५२ नं ट्रक हेटौँडा–वीरगन्ज सडकखण्डको चुरियामाईको उकालोमा आज बिहान ५ बजे अनियन्त्रित भई पल्टिँदा सातजनाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु भएकाको अहिले बिहानसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
सो ट्रकमा आएका अन्य नौजना घाइते यात्रुको अहिले हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । ट्रकका चालक र सहचालक घटनास्थलबाट फरार भएको र उनीहरुकोे खोजीका साथै दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मकवानपुरमा तीन दिनको बीचमा भएको यो अर्को दर्घटना हो ।
शनिबार भएको दुर्घटनामा १० जनाको ज्यान जानुका साथै ३० जना घाइते भएका थिए । उक्त दुर्घटना बसका चालकले नियतबस अर्को बसमा लगेर आफ्नो बस ठोक्काएपछि हुन पुगेको थियो ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्