मोहन माविमा तालाबन्दी, प्रअलाई हाजिर गर्ने सहमती ( फोटो फिचर)
Advertise Here Book Now

राम नारायण पंडित,सिरहा,१९ कार्तिक ।

सिरहाको मिर्चैयामा रहेको श्रीमोहन उच्च माबिमा बिद्यार्थीहरुले बुधबार तालाबन्दी गरेका छन । नियमित कक्षा संचालनको माँग गर्दै विद्यालय प्रशासनलाई पटक पटक जानकारी गराउँदा पनि बिद्यालय प्रशासनले कुनै किसिमको चासो नदेखाएपछि आफुहरुलाई बाध्य भएर तालाबन्दी गर्नु परेको बिद्याथीहरुले बताए ।  बुधबार बिहान करीब ११ बजे बिद्यालयमा भेला भई मुल गेटमा तालाबन्दी गरि विद्यालय प्रशासन बिरुद्ध बिद्यार्थीहरुले जोडदार नाराबाजी गरेका छन । बिद्यालय परिसरबाट सुरु भएको बिरोध र्याली नगरको बिभिन्न भागको परिक्रमा गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाको अगाडी सडमा विद्यार्थीहरु विद्यालय प्रशासन बिरुद्ध नारबाजी गरेका छन । इलाका प्रहरी कार्यालय मिर्चैया अगाडी विद्यार्थीहरुले नाराबाजी गरेपछि ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी निरिक्षक हरी खतिबडाको पहलमा प्रहरी कार्यालय मिर्चैयाको परिसरमा बिद्यालयका निमित्त प्र.अ. पशुपति ठाकुरको नेतृत्बमा रहेको ४ सदस्यी टोली, प्रहरी प्रशासन र बिद्यार्थीहरबिच छलफल भएको छ । छलफलमा
बिद्यालयको प्र.अ. रामबृक्ष ठाकुरलाई कार्तिक २१ गते शुक्रबार विद्यालयमा हाजिर गराउने विद्यालय प्रशासन र बिद्यार्थीहरुबिच सहमति भएपछि बिद्याथीहरुले  ताला खोल्न सहमति जनाएका छन । छलफलमा विद्यालय प्रशासन, बिद्यार्थी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी लगायतका सहभागीता रहेका थियो । विद्यार्थीहरुले विद्यालय प्रशासन मुर्दाबाद, बिद्यालयमा नियमित पठनपाठन गर, प्र.अ. ठाकुर मुर्दाबाद, भ्रष्टाचार अन्त्य गर, विद्यालयलाई राजनितिक मुक्त गर, विद्यार्थीको भबिष्य अन्यौलमा नपार लगायतका नाराहरु लागाएका थिए
। उक्त नाराबाजीको क्रम्मा विद्यार्थीहरुले नियमित पठनपाठन गर लेखिएका प्ले कार्डहरु पनि बोकि बिद्यालय प्रशासन बिरुद्ध चर्को नाराबाजी गरेका थिए । ईलाका प्रहरी कार्यालय मिर्चैया अगाडी सडकमा बिद्यार्थीहरुले चर्को नाराबाजी गरेपछि झडपको स्थित समेत सिर्जना भएको थियो भने पुर्बपश्चिम राजमार्ग अन्तर्गत मिर्चैयाको
थाना चौकमा केहि समय सड्क पनि अबरुद्ध भएको थियो । यता आफुहरुको माँगहरुलाई समयमा सम्बोधन गरिएन भने विद्यालयमा पुनः  अनिश्चितकालको लागि  तालाबन्दी गर्ने विद्यार्थीहरुले चेताबनी समेत दिएका छन । उक्त क्रम्मा  बिद्यालयका करीब ५ सयको हाराहारीमा विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यालयमा केहि महिनादेखि चुलिएको बिबादका कारण विद्यार्थीहरुको भबिष्य अन्यौलमा परेको जनगुनासो रहेका छन । बिद्यालयको प्रशासनिकदेखि लिएर शौक्षिक, भौतिक, आर्थिक लगायतका क्षेत्रमा भएको मनमौजीको कारणले बिद्यार्थीहरुमा छाडापन प्रबेश गरेको अभिभाबकहरुको गुनासो रहेको छ । जसको कारणले एसएलसीमा पनि
बिद्यालयको नतिजा दिनानुदिन खस्किँदों अबस्थमा रहेको बताईएको छ । अहिले बिद्यालयको अर्ध बार्षिक परिक्षाको पुर्ब सन्ध्यामा बिद्यालयमा तालाबन्दी भएपछि बिद्याथीहरुको भबिष्य
झन अन्ध्यारोमा धकेलिएको छ ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्