अबैध चल्ला प्रहरी नियन्त्रणमा
Advertise Here Book Now

रंजन भण्डारी
महोत्तरी , कार्तिक १९ गते ।तस्करी गरि नेपाल भित्र्याएको अवैध चल्ला प्रहरीद्वारा नष्ट । तस्कर साईकल छोरी
फरार ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीबाट खटिगएको टोलीले मँगलवार साझ भारतिय
सिमा नजिक एकडारा गाविसको दशगजा क्षेत्रबाट नेपाल भित्रयाउन लागेको ४०,००० मोल
बरावरको १६००(सोर्ह सय ) कुखुराको चल्ला नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक
लोकेन्द्र बहादुर श्रेष्ठले बताउनु भएको छ । प्रहरी नियन्त्रणमा लिइएको चल्ला
पशु क्वारेन्टाईन चेक पोष्ट मलिवाराका प्रतिनिधि र कान्तिपुरका पत्रकार रविन्द्र
उप्रेतीको रोहवरमा नष्ट गरिएको पशु क्वारेन्टाईन चेक पोष्टका प्रमुख परमानन्द
झाले बताउनु भएको छ ।

