दुबई मा एक नेपाली महिला अलपत्र
Advertise Here Book Now
बिगत ५ महिना देखि यू.ए.ई. शहरको हिमालय वर्ल्ड ट्राभल्स एल.एल.सी. अबुधाबी कम्पनीमा काम गर्दै आएकी मिरा शर्मा यति बेला कम्पनीका प्रमुख मालिक अंकित श्रेष्ठ (टिका) ले जागीरबाट निकाली दिए पछि अलपत्र परेकि छीन्,|
अंकित श्रेष्ठ (टिका)को भनाई अनुसार मिराले काम गर्ने ठाउमा नआऊने र आफ्नो बारेमा सबैलाई नराम्रो कुरा गर्ने गरकोले कम्पनीबाट निकालेको बताएका छन तर उता मिराले आफ्नु परिश्रार्मिक दुई महिना देखि तलव नपाएको गुनासो गरिन |अंकित श्रेष्ठ ले अब ११ दिन मात्र दुबईमा बस्न दिने भन्दै भिसा रद्द गरेको र भिसाको पैसा नदिए सम्म पासपोर्ट नदिने भनि आफ्नो सहिछाप गराएको बताएकि छिन् |काम गरेको तलव माग्दा उल्टै काम बाट निकालेको मीराले बताएकी छन
आजभोलि मिरालाई खाना खाने पैशा पनि नभएको र कहाँ बाट खाना खाने कता बास बस्ने भन्दै सबै सँग गुहार माग्दैछिन, साचै जे-जस्तो भए पनि मिरा नेपाली महिला हुन ऊनको यो दु:ख पिडा बुझ्न जरुरी देखिन्छ |

