दलहरु मिले दुई घण्टा भित्रमा संविधान जारी हुन्छः सभामुख
Advertise Here Book Now
काठमाडौँ, १७ कात्तिक । संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दलहरुबीच सहमति भए दुई घण्टा भित्रमा संविधान जारी हुने दाबी गर्नुभएको छ ।
सोमबार अनेरास्ववियु, नेविसंघ, अखिल क्रान्तिकारीलगायतका विभिन्न विद्यार्थी संगठनका प्रतिनिधिसँग कुराकानी गर्दै नेम्वाङले यस्तो दाबी गर्नु भएको हो ।
‘नेपालका राजनीतिक दलहरु चारतिर फर्किरहेका बेला विद्यार्थी संगठनहरु समयमा संविधान जारी गर्नुपर्ने सामुहिक माग राख्दै यहाँ आउनु भएको छ, तपाईहरुको यो प्रयासले म खुशीले गद्गद् भएको छु,’ नेम्वाङका भनाई उध्र्रित गर्दै अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले भन्नुभयो,’ ‘तपाईहरुले सबै राजनीतिक दलका नेताहरुलाई सहमतिका लागि दवाव दिनुहोस, उहाँहरु मिल्नुभयो भने दुई घण्टा भित्रमा संविधान जारी हुन्छ ।’

नेम्वाङले विद्यार्थी संगठनका प्रतिनिधीहरुको प्रयासको प्रशंषा समेत गर्नुभएको थियो ।
नेम्वाङले छलफलमा विद्यार्थी नेताहरुको दवावले आफुलाई समयमा संविधान जारी गर्न थप उर्जा प्राप्त भएको समेत बताउनु भएको थियो ।