सवारी दुर्घटनामा वृद्धको मृत्यु
Advertise Here Book Now
ऑनलाइन सिरहा डटकम राम नारायण पंडित, सिरहा,
पूर्व पश्चिम लोकमार्ग अन्र्तगत मंगलबार सिरहाको धनगढी २ मा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको स २ प १५८७ नम्बरको मोटरसाइकलले बाटो काट्ने क्रम्मा पैदल यात्री सिरहा लक्ष्मिपुर २ बस्ने अंदाजी ६० वर्षीय दानी सिंहलाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाइते भएका सिंहको उपचारको लागी धरान लादै गर्दा बाटैमा मृत्यु भएको ईलाका प्रहरी कार्यलय धनगढीले जनाएको छ । ठक्कर दिने मोटरसाईकल र चालक सिरहा लक्ष्मीनियाँ ५ वस्ने १५ वर्षीय गुमस्ता कुमार यादवलाई प्रहरीले नियन्त्रणमा लिएकोे छ ।


