तीन दलको बैठक बिना निष्कर्ष टुङ्गियो सहमतीकै आधारमा संविधान बनाउनुपर्ने २२ दलको अडान
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम , मंसिर १– प्रमुख तीन दलको बैठक बिना कुनै निष्कर्ष टुंगिएको छ ।   सिंहदरबारमा बसेको प्रमुख तीन दलको बैठकमा संविधानसभाका बाँकी विवादित विषयमा सहमती हुन सकेन ।   तीन दलको बैठक पश्चात अहिले संवाद समितिको छलफल सुरु भएको छ ।   यसै गरि सिंहदरबारस्थित एमाओवादीको संसदीय दलको कार्यालयमा बसेको २२ दलीय मोर्चाले सहमतीकै आधारमा संविधान निर्माण गर्नुपर्ने बताए ।   कांग्रेसले अघि सारेका प्रस्तावलाई त्यहि रुपमा स्विकार गर्न नसकिने भएका कारण प्रश्नावली बनाएर संवाद समितिमा छलफल गर्न सकिने बैठकले निष्कर्ष निकालेको छ । उक्त विषयलाई संविधान सभाको छलफलमा कदापी राख्न नहुनेसमेत बैठकले बताएको छ । 

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्