पद्मरत्न तुलाधर र नागेन्द्र कुमालबीच सहमति (वक्तव्यसहित) थारु कल्याणकारीको निर्णय-पद्मरत्नलाई नेता मान्दैनौं
Advertise Here Book Now

ऑनलाइन सिरहा डटकम १ मंसिर,। जातीय पहिचान सहितको संघीयताका लागि आन्दोलन गर्न पदमरत्न तुलाधरको नेतृत्वमा गठित राष्ट्रिय आन्दोलन समिति र नेपाल आदिवासी जनजाति महासंघबीच संयुक्त आन्दोलन गर्ने सहमति भएको छ ।
आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको पहलमा सोमवार महासंघ अध्यक्ष नागेन्द्र कुमाल र राष्ट्रिय आन्दोलनका अध्यक्ष तुलाधरबीच भएको वार्ताबाट संयुक्त रुपमा आन्दोलनमा जाने सहमति भएको फोनिज अध्यक्ष डण्ड गुरुङले जनाएका छन् ।
कुमाल र तुलाधरले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा जातीय पहिचान सहितको संघीय संविधान जारी गर्ने मुद्दामा एक भएर आन्दोलन गर्ने सहमति भएको उल्लेख छ । आन्दोलनको स्वरुप र कार्यक्रमबारे थप छलफल गर्ने संयुक्त वक्तव्यमा जनाइएको छ ।
यसअघि महासंघसँग सल्लाह नगरी तुलाधर नेतृत्वमा राष्ट्रिय आन्दोलन घोषणा गरिएपछि महासंघका पदाधिकारी बिभाजित भएका थिए ।
थारुको असहमति
यसैबीच थारु कल्याणकारी सभाले पदमरत्न नेतृत्वको राष्ट्रिय आन्दोलन समितिमा सहभागी नहुने निर्णय गरेको छ ।
सभाको उदयपुरमा सम्पन्न केन्द्रीय कार्य समिति बैठकले तुलाधर समिति २२ दलीय मोर्चाको घटक जस्तो भएको भन्दै कुनै दलको पक्ष विपक्षमा थारु समुदाय नलाग्ने निर्णय गरेको अध्यक्ष धनीराम चौधरीले बताए ।
जनजाति महासंघले गर्ने आन्दोलनमा सहभागी हुने तर अरु व्यक्तिको नेतृत्वमा थारु समुदाय सहभागी नहुने उनले बताए ।
AGREEMENT-Between-PADMARATNA-AND-NAGENDRA-KUMAL
पद्मरत्न तुलाधर र नागेन्द्र कुमालबीच भएको सहमति

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्