श्रीमानसँगै विष सेवन गरेकी महिलाको मृत्यु
Advertise Here Book Now
श्रीमानसँगै विष सेवन गरेकी एक महिलाको आज उपचारका क्रममा लहानस्थित रामकुमार शारदा उमाप्रसाद स्मारक अस्पतालमा मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र फुयाँलका अनुसार मृत्यु हुनेमा शोभापुर-५ की २५ वर्षीया चिन्तादेवी राम छिन्।
उनकी श्रीमान हरेराम राम भने बाँच्न सफल भएको छ। शव अहिले अस्पतालमै राखिएको छ। शव आजै घर लगेर दाहसंस्कार गर्ने विष सेवन गरे पनि बाँच्न सफल मृतककी श्रीमान हरेरामले बताए।

