राजापाक्षेलाई विमानस्थलमा भब्य स्वागत
Advertise Here Book Now

राजापाक्षेलाई विमानस्थलमा भब्य स्वागत
ऑनलाइन सिरहा डटकम मंसिर ९ /श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्षे १८औं सार्क सम्मेलनमा सहभागी हुन काठमाडौं आइपुगेका छन्। उनी श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं आइपुगेका हुन्। राष्ट्रपति राजापाक्ष सवार विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएलगत्तै शिष्टाचार महापाल कालिप्रसाद पोखरेल र नेपालका लागि श्रीलंकाली राजदूत डब्लु एम सेनिभिराथनाले उनलाई स्वागत अभिवादन गरेका थिए।
त्यसलगत्तै राष्ट्रपति राजापाक्ष कार्केडसहित विशिष्ट पाहुनाको स्वागतका लागि तयार पारिएको मञ्च आइपुग्नु हुँदा उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतम, संस्कृति, पर्यटन तथा नागरिक उडड्यानमन्त्री दीपकचन्द्र अमात्य, नेपाल सरकारका सचिव लीलामणि पौड्याल, प्रधानमन्त्रीका मुख्य निजी सचिव वसन्तकुमार गौतम र राष्ट्रपति कार्यालयका सचिव अनुपकुमार उपाध्यायले उहाँलाई स्वागत अभिवादन गरे। 
सो अवसरमा राष्ट्रपति राजापाक्षको सम्मानमा नेपाली सेनाले मङ्गल धुनसँगै सम्मान गारत अर्पण गरेको थियो। त्यसपछि दुवै देशको राष्ट्रिय धुन बजाइएको थियो। राष्ट्रपति राजापाक्ष ९० जना श्रीलङ्काली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुगेका हुन्। 
शिखर सम्मेलनमा सहभागी हुन काठमाडौँ आइपुग्नु हुने राष्ट्राध्यक्ष-सरकार प्रमुखहरुमध्ये राष्ट्रपति राजापाक्ष पहिलो विशिष्ट पाहुना हुन्। राष्ट्रपति राजापाक्षसहित श्रीलङ्काली प्रतिनिधिमण्डल विमानस्थलबाटै विशेष विमान चढी लुम्बिनीका लागि प्रस्थान गरेको छ।

Was this article helpful?

Yes
No
Thanks! Your feedback helps us improve onlinesiraha.com

प्रतिकृया दिनुहोस्