ट्राफिक पोशाक दूरूपयोग गरेको भन्दै शंकर बिसीलाई प्रहरीको चेतावनी
Advertise Here Book Now
महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले नृत्य निर्देशक शंकर बिसीले म्युजिक भिडियो ट्राफिक पोशाकको दुरूपयोग गरेको भन्दै सोधपुछ गरेको छ।
महाशाखाका डिआइजी केशव अधिकारीकै निर्देशनमा बिसीलाई कार्यालयमै बोलाएर सोधपुछ गरिएको हो। अबदेखि ट्राफिक प्रहरीको पोशाक बिना अनुमति दुरूपयोग नगर्न पनि उनलाई चेतावनी दिइएको छ।
कार्यालयबाट पटक पटक फोन गरेपछि बिसी कलाकार श्री थापासँगै महाशाखा पुगेका थिए। 'काफलको बुटामा अम्बा पाक्दैन….' भन्ने बोलको गीतमा रश्मी तामाङसँग बिसी आफैं नाचेका छन्।
गीतको म्यूजिक भिडियोमा ट्राफिक प्रहरीको पोशाक लगाएका ५ महिलाले चालक बनेका बिसीसँगै नाचेका छन। यस्तै गीतमा एक जना महिला जीपको छतमा बसेको पनि देखाइएको छ।

